कपिलवस्तु, असोज । पाँच नम्बर प्रदेशको कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवामा ‘प्रथम कपिलवस्तु श्री’ खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सुरु गरिएको छ । कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले तौलिहवामा ‘कपिलवस्तु श्री’ को आयोजना गरेको हो ।
पहिलो दिन ६ वजन समूहबाट शनिबार हुने फाइनल चरणका लागि ५÷५ खेलाडी छनौटमा परेका छन् । छनौट पर्नेमा ५५ केज्ी उमेर समूहतर्फ सुनिल आले, कृष्ण रनपाल, चुमानसिंह केसी, उदयराज पाण्डे र सुरेन्द्र प्रसाद वर्मा रहेका छन् । त्यसैगरी ६० केजी वजन समूहमा बिकास तामाङ्ग, सुरेस थापा, उमेश पुन, मोहम्मद जमराती र मन बहादुर राना छनौटमा परेका छन् ।
६५ केजी वजन समुहमा रामचन्द्र तामाङ्ग, रमेश थारु, सुमन लिम्बु, बिजेन्द्रमान श्रेष्ठ र बिकास चौधरी रहेका छन् । ७० केजी उमेर समुहमा पुष्प शंकर, बिनोद सुनार, गोबद्र्धन श्रेष्ठ, रमेश श्रेष्ठ र रमेश अधिकारी छनौटमा परेका छन् । त्यसैगरी ७५ केजी वजन समूहतर्फ अनिश थापा, बिन्धयाचल कहार, सुनिल दहित, चन्द्रमान श्रेष्ठ र कृतन प्रसाद श्रेष्ठ छनौट भएका हुन् ।
‘कपिलवस्तु श्री’ विजेतालाई नगद २ लाखसहित ट्रफी प्रदान गरिने छ । त्यसैरी ६ वजन समूह चरणका खेलका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई जनही १५ हजार, १० हजार र ५ हजार पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष जीवन गिरीले जानकारी दिए । कार्यक्रममा भाजपा नेता तथा खेलका अन्तर्राष्ट्रिय कोच सुवास भदाना, फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, सामाजिक सञ्जालमा चर्चित अघोर बाबा र खेललाई आर्थिक सहयोग गरेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह र ‘कपिलवस्तु श्री’का आर्थिक संयोजक राजु प्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो ।