गृहपृष्ठ खबर प्रथम कञ्चन कप २०७६ जारी, आज दोस्रो दिन विभिन्न चरणका खेल सम्पन्न,  

प्रथम कञ्चन कप २०७६ जारी, आज दोस्रो दिन विभिन्न चरणका खेल सम्पन्न,  

 

१३ असोज ,कन्चन, ।
प्रथम कञ्चन कप २०७६  को आज दोस्रो दिन विभिन्न चरणका प्रतियोगिता सम्पन्न भएका छन । कञ्चन युवा अभियान कञ्चन रुपन्देहीको आयोजनामा सञ्चालित प्रथम कञ्चन कप भलिवल प्रतियोगिताको आज दोस्रो दिन कालीगण्डकी र  सैनामैना नगरपालिका विच भएको पहिलो  खेलमा २१(२५, २५(२०,१८(२५, २५(२२ को सेटमा कालीगण्डकी गाउँपालिकाले जित निकालेको छ । त्यस्तै कञ्चन गाउँपालिका र सत्यवती गाउँपालिका बिच भएको दोस्रो खेलमा २५(२२, १८(२५, १७(२५, २५(२३, १५(१३ को सेटमा कञ्चन विजयी भएको छ ।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका र मध्यबिन्दु नगरपालिकाबिच भएको तेस्रो खेलमा २५(९, २५(१६, २५(८ को सोझो सेट्मा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई पछि पार्दै मध्यबिन्दु नगरपालिका विजयी भएको छ भने चापाकोट नगरपालिका र बाणगंगा नगरपालिकाबिच भएको चौथो खेलमा २५(१३, २५(१५, २५(८ को सोझो सेटमा चापाकोट नगरपालिकाले जित निकालेको छ ।
भोलिको खेल अन्तर्गत पहिलो खेल तोलोत्तमा नगरपालिका र सत्यवती गाउँपालिकाबिच दोस्रो खेल कालीगण्डकी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका , तेस्रो खेल चापाकोट नगरपालिका र  कञ्चन गाउँपालिका र चौथो खेल सैनामैना नगरपालिका र मध्यबिन्दु नगरपालिका बिच हुने खेल संयोजक राजन गिरिले जानकारी दिनुभएको छ।
भलिबल प्रतियोगिताको रेफ्रीमा राम बहादुर थापा, तुल बहादुर थापा, किसन चन्द, बुद्धी बस्याल, नवल गुरुङ र राजेश चन्द रहनुभएको छ । भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख १ हजार १ सय ११ , द्धितिय पुरस्कार ७१ हजार १ सय ११ , तृतिय पुरस्कार ४१ हजार १ सय ११ र स्वान्त्वना पुरस्कार २१ हजार १ सय ११ कप मेडल प्रमाण पत्र राखिएको छ भने खेलमा ९ टिमको सहभागीता रहेको छ ।
प्रदेश नं. ५ का सभासद भुमिश्वर ढकालले उद्घाटन गर्नुभएको प्रथम कन्चन कप १२ गते आइतबारबाट शुरु भएको हो ।

सम्बन्धित् समाचार