उमेश बि.क / नवलपरासी , असाेज /
नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ सरावलमा ३१ अाै गाउँ स्तरीय पुरुष फुटबल खेलकुद प्रतियोगिताकाे दाेस्राे राउन्डकाे खेल सुरु भएको छ ।
हिमालय युवा क्लब सरावल द्वारा आयोजना गरिएकाे सो प्रतियोगिता क्लबका अध्यक्ष नरेश कुमार फाैजदारकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यता एवम गाउँपालिका उपाध्यक्ष उतमा रायकाे बिशिस्ट अातिथ्यतामा खेल असाेज २ गते उदघाटन गरि सन्चालन गरिएको हाे।
युवाहरूलाई कुलतबाट बचाउन, राम्रो खेलाडीकाे उत्पादन र स्वस्थकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद तथा फुटबल खेलकाे जगेर्ना गर्ने उद्देश्यले भइरहेको दाेस्राे राउन्डकाे बिहान १० बजेकाे खेलमा जनकपुरले फराैलिलाई सुन्यकाे बिरुद्ध ३ गाेलगरी जनकपुर बिजयिभएको छ।
त्यस्तै अप्रहान्न १२ बजेकाे खेल सरावल र पटनि बिच भएको खेलमा पटनिलाई सरावलले १ काे बिरुद्ध २ गाेलगरी बिजय सरावल बिजय भएको हाे।
र दिउँसो ३ बजे चिसापानी र भुतहा B बिच भएको खेलमा चिसापानीलाई सुन्यकाे बिरुद्ध १ गाेलले भुतहा बिजय भएको छ।
भाेलि १० बजेकाे खेल श्रीनगर हातिबन , १२ बजेकाे खेल तिलकपुर पिपरा र ३ बजेकाे खेल धरमपुर जमुहानि बिच हुने खेलकुद संयाेजक गंगा चाैधरीले जानकारी दिनुभएको छ।
खेलमा प्रथम पुरस्कार – रु ४० हजार, मेडल, प्रमाणपत्र , द्वितिय पुरस्कार – रु २० हजार, मेडल, प्रमाणपत्र तथा तृतीय पुरस्कार रु १० हजार मेडल, प्रमाणपत्र राखिएको छ ।