गृहपृष्ठ Featured रुपन्देहीको कञ्चन गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान ,

रुपन्देहीको कञ्चन गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान ,

प्रकाशित मिति:

रुपन्देहीको कञ्चन गाउँपालिकाले आज जेष्ठ नागरिकलाई सम्मान गरेको छ । २९ औं अन्तर्रा्ष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा ९० वर्ष भन्दा बढी उमेरका बुवाआमाहरुलाई कञ्चनका छुट्टाछुट्टै २ ठाउँमा दोसल्ला, हर्लिक्स रु ५ सय प्रदान गर्दै सम्मान गरिएको हो ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष क्षेत्रीले बुवाआमालाई सेवा गर्नु भनेको सबैभन्दा ठूलो धर्म हो र जेष्ठ नागरिकलाई सम्मान र माया गर्ने सबैको दायित्व रहेकोे बताउनु भएको छ ।

साथै उहाँले अग्रज बुवाआमाले देखाएको बाटो हिडेको र बुवा आमाको आशीर्वाद सधैं चाहेको बताउँदै सरकारले वृद्ध भत्ताको ब्यवस्था पनि गरेको र गाउँपालिकाले पनि वृद्ध बुवा आमालाई सधैं सम्मान गर्ने बताउनुहुँदै आफ्ना बुवा आमालाई सबैले राम्रोसंग स्याहारसुसार गर्न आग्रह पनि गर्नुभएको थियोे ।

यस्तै जेष्ठ नागरिकका लागि कञ्चन ५ को सन्डहवा र कञ्चन १ बेलभरियाको ऐतिहासिक बरको रुखनिर आरामभवन निर्माण गर्न लागेको पनि जानकारी गराउनुभएको छ ।

कन्चन १ र २ का जेष्ठ नागरिक बुवाआमालाई गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, उपाध्यक्ष गोमा तरामु, वडा न १ का अध्यक्ष हरिनारायण थारु र वडा न २ का अध्यक्ष शेरबहादुर थारु लगायतले कञ्चन गाउँपालिकाको कार्यलयमा सम्मान गर्नुभएको थियो भने र कन्चन ३, ४ र ५ का जेष्ठ बुवा आमाहरुलाई गाउँपालिका अध्यक्ष , उपाध्यक्ष, वडा नं. ३ का अध्यक्ष नगेन्द्र बहादुर लामिछाने, ४ का अध्यक्ष दुर्गासिंह क्षेत्री र ५ का अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले वडा नं. ४ को कार्यालयको सभाहलमा सम्मान गर्नुभएको हो ।

दिवसका अवसरमा आज कञ्चनका ९० वर्ष भन्दा माथिका वडा न १ र २ का १३ जना र वडा न ३, ४ र ५ का ३६ जना गरि ४९ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । आज छुट्नु भएका जेष्ठ बुवा आमाहरुलाई वडाध्यक्षहरुले घर घरमै पुगेर सम्मान गरिने पनि जनाईएको छ । गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षतामा गरिएको सम्मान कार्यक्रममा वडाध्यक्षहरु, वडासदस्यहरु , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित् समाचार