गृहपृष्ठ खबर मनरीमा अण्डर २० फुटबल खेलकुद प्रतियाेगिता हुने

मनरीमा अण्डर २० फुटबल खेलकुद प्रतियाेगिता हुने

प्रकाशित मिति:

उमेश वि.क/ नवलपरासी, १५ असाेज /

नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. २ मा रहेकाे दिब्यज्याेति बाल समुहले अण्डर २० गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिताको तयारी सुरु गरेको छ ।

नेपालीहरुकाे महान पर्व बिजया दशमि , दिपावलि तथा छठ पर्वकाे अवसरमा सरावल गाउँपालिका वडा नं. २ दिब्यज्याेति बाल समुह मनरीकाे आयोजना हुने अण्डर २० गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता असाेज १६ गते बिहिवार देखि जनता मा.बि मनरीकाे प्रांगणमा सुरु हुने अायाेजकले जानकारी दिएकाे छ । खेलकुद प्रतियाेगिताकाे तयारी स्वरुप विभिन्न समितहरु गठन गरिएको छ ।

युवाहरूलाई कुलतबाट बचाउन र स्वस्थकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद तथा फुटबल खेलकाे जगेर्ना गर्न अण्डर २० गाउँ स्तरीय फुटबल खेलकुद प्रतियाेगिता सुरु गरिएको बाल समुहको अध्यक्ष युवराज चाैधरीकाे संयोजकत्वमा ११ सदस्यी मूल समिति र उपसमितिहरु गठन गरिएको छ ।

युवाहरूलाई कुलतबाट बचाउन, राम्रो खेलाडीकाे उत्पादन र स्वस्थकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद तथा फुटबल खेलकाे जगेर्ना गर्ने उद्देश्यले हुन लागेकाे उक्त खेलमा सरावल गाउँपालिका, रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका गरि ३५ अाेटा फुटबल समूह सहभागी हुने अनुमान गरिएको संयाेजक यम बहादुर चाैधरीले जानकारी दिइएका छन ।

खेलमा प्रथम पुरस्कार – रु १० हजार १ रुपैया मेडल, प्रमाणपत्र , द्वितिय पुरस्कार – रु ७००० हजार १ रुपैया , मेडल, प्रमाणपत्र तथा तृतीय पुरस्कार रु ४०० हजार १ रुपैया मेडल, प्रमाणपत्र राखिएको छ ।

सम्बन्धित् समाचार