उमेश बि.क/ नवलपरासी ,१५ असाेज ।
नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ सरावलकाे प्रांगणमा डेंगु राेग नियन्त्रणकाे लागि किशोर किशोरी ,अभिभावक र सराेकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सरावल गाउँपालिका स्तरीय किशोर किशोरी सन्जालकाे अायाेजनामा तथा एबिसि नेपाल एवं स्ट्राेम फाउन्डेसन नेपालकाे सहयाेगमा डेंगु राेग सम्बन्धि समुदायका किशोर किशोरी तथा अभिभावकमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हाे।
सन्जालकि अध्यक्ष ममता चाैधरीकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम गरिएको हाे।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले डेंगु रोगका वारेमा स्थानिय सरकार सक्रिय रुपमा लागेको वताउनु भएको थियो । यस क्षेत्रमा कसैलाई पनि यो रोग नलागेको भन्दै यसलाई हामीले अझ वढि सचेतना दिन थालेको छौं । अाफ्नाे घरआगन तथा अन्य सफा ठाउँमा पानि जमेको छ भने पनि पानी जम्न नदिन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मीले रोग लाग्नवाट वच्नका लागि अलि वढि चनाखो हुनु पर्ने वताउनु भएको थियो । सफा पानी जमेको ठाउँमा एक प्रकारको लामखुट्टेले यो रोग ल्याउने भन्दै रेग्मीले कपडाहरु पुरै लगाउदा पनि धेरै सजग हुन सक्ने वताउनु भएको थियो ।
उक्त कार्यक्रममा स्वास्थ्य संयोजक अाेम नरायण देवकोटाले डेङ्गु रोगको अवस्था, नियन्त्रणका प्रयास र उपायका बारेमा सहजीकरण गर्नुभएको थियो । स्वयम् आफैँ सचेत भइयो भने डेङ्गु नियन्त्रण हुन्छ भन्ने मान्यताका साथ लाग्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीबाट अाएकाे प्रश्नकाे जवाफ गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी,प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मी तथा स्वास्थ्य संयोजक अाेम नरायण देवकोटाले दिनुभएको थियाे।
कार्यक्रममा गाउँपालिका वरपर तथा टाेल चाैकमा फाेहर ब्यवस्थापन गर्नका लागि १२ अाेटा डस्बिन हस्तान्तरण गरिएको हाे।
अन्तरक्रिया कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्रनाथ राय,बुद्धज्याेति प्रा.बि का प्र.अ बिनाेद पाण्डे ,प्रहरीचाैकि गाेबरहियाका इन्चार्ज सिबि अाेलि,समाजसेवी अनिता कहार ,सन्दिप बि.क,अजय पटेल एबिसि नेपालका सहजकर्ता राजेश अार्या, शायदा नेसा पठान तथा सन्जालका किशोर किशोरी , अभिभावक लगाएतका ब्यक्तिहरुकाे सहभागीता रहेको थियाे।