काठमाडौं / सन् २०२१ को लागि डाइभर्सिटी भिसाको लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले डीभीभिसाका लागि आनलाइनमार्फत आवेदन खोलेको हो । २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आवेदन दिनसक्ने सूचनामा बताइएकाे छ । अमेरिकाको आप्रवासी ऐनको व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा उल्लेख गरीएकाे छ ।
अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ । साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।
तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन । यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ। अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँदै अाएकाे छ । डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन।







