गृहपृष्ठ खबर फेसबुक बन्दै , प्रतिस्पर्धाको मैदान सम्मानित भए फोटो प्रतियोगी

फेसबुक बन्दै , प्रतिस्पर्धाको मैदान सम्मानित भए फोटो प्रतियोगी

प्रकाशित मिति:

जिल्लामै उत्कृष्ट लुम्बिनी लर्निङ् सेन्टर प्रालीले फोटो प्रतियोगिता विजेतालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

शैक्षिक क्षेत्रमा विगत ५ बर्षदेखि यस बर्षको हरितालिका तीजको अवसरमा आयोजीत “तीज विशेष फोटो प्रतियोगिता –२०७६” का विजेतालाई सम्मान गरिएको हो ।

तीज गीत प्रतियोगीतामा सहभागीता जनाएका ३ सय ५५ मध्ये नियमअनुसार लाईक र शेयर भएका सहभागी उत्कृष्ट चारजनालाई रु ३ हजार चेक, फोटो सहित मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा रमेश पौडेल, बविता पौडेल, अमृत पौडेल र अनिता क्षेत्री रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका शैक्षिक निर्देशक नविन चौधरीले विजेता सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै सैद्धान्तिक मात्र नभई मनोरञ्जनात्मक कार्यक्रम गरि क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका चौधरीले उक्त शैक्षिक संस्था जिल्लामै उत्कृष्ट बनाउँनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

त्यस्तै प्रबन्ध निर्देशक असीम क्षेत्रीले लुम्बिनी लर्निङ् सेन्टरको स्थापन कालदेखि हालसम्मका शैक्षिक गतिविधिहरुको बारेमा स्पष्ट पार्दै जिल्लाकै उत्कृष्ट बनाउन लागिपरेको बताए ।

कार्यक्रमका अध्यक्ष समेत रहेका क्षेत्रीले विजेताहरुलाई शुभकामना व्यक्त गर्दै सेन्टरले सबै विद्यार्थीहरुलाई शैक्षिक गुणस्तरीयतामा कुनै कमी आउन नदिने बताए ।

उनले शैक्षिक दक्षता, हाम्रो लक्ष्य भन्ने नारालाई आत्मसाथ गर्दै सस्ंथालाई अगाडि बढाउदै बताए । क्षेत्रीले अब केहि दिनमै सेन्टरले विजयादशमी तथा दिपावलीको अवसरमा फेरी अन्य कार्यक्रम गरिने पनि जानकारी दिएका छन् ।

प्रबन्ध निर्देशक क्षेत्रीको अध्यक्षता, शैक्षिक निर्देशक चौधरीको विशिष्ठ आतिथ्यता, भाषा प्रशिक्षक सन्दिप शाहि, प्रकाश मल्ल, अन्नपुर्ण विद्या मन्दिरका शिक्षकहरु, लेखा प्रमुख सबिता गिरी, निशा थापा लगायत वाणगंगाका मिडियाकर्मीहरुको आतिथ्यता रहेको कार्यक्रम हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार