कपिलवस्तु / असोज / रमेश पौडेल / कपिलवस्तुमा निजी तथा सामुदायिक विद्यालयमा दसैं र तिहारको बीचमा समेत विद्यालय बिदा दिइएको छ ।
चालू शैक्षिक सत्र सुरु हुनुअघि नै सरोकारवालाहरुले सहमति गरेर शैक्षिक क्यालेन्डर निर्माण समेत गरेका थिए । दसैं र तिहारको बीचमा चाड अवधिबाहेक ११ कार्यदिन रहेको छ ।
वार्षिक शैक्षिक क्यालेन्डर २०७६ बमोजिम कात्तिक १७ गते खुल्ने जनाइएको भए पनि कतिपय विद्यालयले भने १४ गते देखि नियमित रूपमा विद्यालय सञ्चालन गर्ने जनाएका छन् । कपिलवस्तुका वाणगंगा , कपिलवस्तु नगरपालिकाका धेरै विद्यालयले यसप्रकारको बिदा दिएका छन् । यसप्रकारको बिदाले विद्यार्थीलाई आफन्त , इष्टमित्र बीचको भेटघाट तथा आत्मीयता बढाउन समय मिल्ने भएकोले अभिभावक वर्गले समेत यसलाई सकारात्मक रुपमा लिइएको पाइएको छ ।