गृहपृष्ठ खबर संघियता ल्याएको कम्युनिस्ट पार्टिले अब समृद्धिको अगुवाई गर्दैछ :- नेकपा महासचिब पौडेल

संघियता ल्याएको कम्युनिस्ट पार्टिले अब समृद्धिको अगुवाई गर्दैछ :- नेकपा महासचिब पौडेल

प्रकाशित मिति:

बिष्णु खत्री  ,सैनामैना असोज १६ ।
नेपाल कम्युनिस्ट पार्टि नेकपाका महासचिब विष्णु पौडेलले संघियता ल्याएको यस पार्टीले अव समृद्धिको अगुवाई पनि गर्ने बताउनुभएको छ । नेकपा सैनामैना नगर समितिको आयोजनामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना दिंदै उहाँले राजतन्त्र फाली गणतन्त्र,समावेशिता कम्यूनिष्ट पार्टिकै नेतृत्वमा आएको ठोकुवा गर्नुभयो ।

बर्तमान सरकारले जनताको माग अनुसारको काम गरेको दावि गर्दै प्रतिनिधी सभाका सदस्य समेत रहनुभएका पौडेलले देशको विकास र समृद्धि गर्ने जिम्मेवारी कम्यूनिष्ट सरकारको काँधमा आएको बताउनुभयो । केही पक्षहरुले सरकारले गरेका राम्रा कामको पनि गलत प्रचार गरेको भन्दै उहाँले त्यसको पछाडि नलाग्न सवैलाई आग्रह गर्नुभयो ।

उहाँले सैनामैना एक एतिहासिक एवं पुरातात्विक क्षेत्र पनि भएकाले पुरातात्विक संग्रहालय निर्माणका लागी डिजाईनिङ कार्य भइहरेको समेत जानकारी दिनुभयो ।
पौडेलले भन्नुभयो – ‘तिन तहका सरकारले आफनो तहबाट सक्रिय भुमिका निर्वाह गर्नुपर्छ तव मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ ।’ कृषि क्षेत्रमा नयाँ आयाम ल्याउन एकीकृत कृषि ग्राम,सैनामना चक्रपथ निर्माण लगायतका भौतिक तर्फका विकासका काम अघि बढेको बताउनुभयो ।

कार्यक्रममा मन्त्री,सभासद,नगर प्रमुख,पार्टी प्रमुख,जनप्रतिनिधी,कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो । सैनामैना २ उचडिहवा स्थित थारु होमस्टेमा भएको कार्यक्रम नेकपा सैनामैना नगर अध्यक्ष चेतनाराण न्यौपानेको अध्यक्षता, नेपाल कम्यूनिष्ट पार्टी नेकपाका महासचिब विष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिब कृष्ण घिमिरेले गर्नुभएको हो ।

सम्बन्धित् समाचार