गृहपृष्ठ प्रदेश नं ५ कपिलवस्तुमा ठुलो परिमाणको लागु औषध सहित दुई जना पक्राउ

कपिलवस्तुमा ठुलो परिमाणको लागु औषध सहित दुई जना पक्राउ

प्रकाशित मिति:

लागु औषधको दुर्व्यसनीको संख्या बढेको तथ्याकं तथा जन-गुनासो लाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुले लागु औषध नियन्त्रण तथा रोकथामका लागी बिभिन्न जनचेतनामुलक कार्यक्रममा साथ साथै बिशेष अप्रेशन संचालन गर्दै आईरहेको छ ।

सोही क्रममा जिल्ला कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. ५ खुटेनी स्थित कोपुवा देखी बनगाई आउने सडक खण्डमा लु ११ प ५२७९ नम्बर मोटरसाईकल रोकी चेक जाँच गर्ने क्रममा मोटरसाईकल चालक सलाउद्दिन मुसलवान र सोही मोसा पछाडी सवारी मकिम भन्ने मजिबुर रहमानको साथबाट ९ ग्राम ७९० मिलिग्राम लागु औषध, नेपाली नगद रु १३,००० ।- (अक्षररुपी तेह्र हजार), भारतिय नगद रु १,००० ।- (अक्षररुपी एक हजार) र लु ११ प ५२७९ नम्बरको मोटरसाईकल प्रहरीले बरामद गरी निजहरुलाई नियन्त्रणमा लाई ईलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुबाट मुद्धा दर्ता भई थप अनुसन्धान भईरहेको भन्ने जानकारी ईलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुका कार्यालय प्रमुख प्रहरी निरीक्षक आयुश प्रशाद जोशीले जानकारी दिए ।

अभियान अन्तर्गत भएको अप्रेशनमा वरामद भएको लागु औषध पछिल्ला दिनहरुमा देशका विभिन्न क्षेत्र अन्तर्गतमा बरामद भएको लागु औषध मध्ये यो ठुलो परिमाण हो । उक्त लागु औषध वरामद भए संगै यस्मा संलग्न अन्य ठुला कारोवारी समेत पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय , कपिलबस्तु प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार