दाङ, असोज १७ — पौडी खेल्ने क्रममा खोलामा डुबेर लमहीमा दुई किशोरीको मृत्यु भएको छ । बिहीबार बेलुका लमही नगरपालिका-९ बाङ्गे तालस्थित सिमलसोता खोलामा नुहाउन गएका लमही ९ बाङगेतालकी १४ वर्षीया टीका घर्ती मगर र घोराही उपमहानगरपालिका १० नारायणपुरकी १५ वर्षीया निरू बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्दाखेल्दै डुबेका किशोरीलाई स्थानीयवासी र प्रहरीले उद्धार गरि लमही अस्पताल पुर्याएको थिए ।
उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए । निरू दसैंको बिदा मनाउन लमही ठूली आमाको घर गएकी थिइन् । उनीहरू ९ कक्षा अध्ययनरत थिए ।