गृहपृष्ठ खबर नेपाल शिक्षक सघं बाणगंगा नगरद्धारा शुभकामना आदान प्रदान

नेपाल शिक्षक सघं बाणगंगा नगरद्धारा शुभकामना आदान प्रदान

प्रकाशित मिति:

नेपाल शिक्षक सघं बाणगंगाले शुभकामना आदान प्रदान तथा सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका बैरीयामा रहेको जेसिज कार्यक्रममा शुभकामना आदान प्रदान तथा सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानले शिक्षकहरु लोकतन्त्र संरक्षणका लागी लाग्न आवश्यक रहेको भन्दै शिक्षकलाई अफठयारो पर्दा काग्रेसले २०४६ बाट विभिन्न निति बनाई न्याय दिएको तर शिक्षकले उतm कुरालाई बुझन नसकेकोमा दुख ब्यतm गरेका छन ।

शुभकामना आदान प्रदान कार्यक्रममा बाणगंगाका मेयर मगंल प्रसाद थारु, नेपाली काग्रेस बाणगंगा कार्य समितिका कार्यबाहाक सभापति बिष्णु थापा, कपिलवस्तु जेसिजका उपाध्यक्ष गुरुदेव पौडेल लगायतले बोल्दै आइसकेको दशै तिहार, तथा छठ पर्वको शुभकामना दिएका थिए । सो अवसरमा स्थायी शिक्षकमा नाम निकाल्न सफल शिक्षक शिक्षीकालाईसम्मान गरिएको थियो ।

शुसिला पौडेल, रमा भट्टराई, मिना पौडेल, कमला थापा मञ्जु घिमिरे लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाल शिक्षक सघं नगर कार्यसमितिका अध्यक्ष कुलराज पौडेलको अध्यक्षता, उपाध्यक्ष चन्द्रकान्त पोखरेल सिकेको  सचिव राम प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको शिक्षक सघंका प्रदेश सदस्य गोविन्द पोखरेलले वैखरी अनलाइनलाई जानकारी दिएका छन ।

 

सम्बन्धित् समाचार