गृहपृष्ठ खबर प्रयासले गरेको प्रयास सफल , साहारा र सिद्धार्थ युवा क्लवको तिन ओटा टिम नै बाहिरीयो ,

प्रयासले गरेको प्रयास सफल , साहारा र सिद्धार्थ युवा क्लवको तिन ओटा टिम नै बाहिरीयो ,

प्रकाशित मिति:

विजय दशमी २०७६ को अवसरमा “युवा एकता आजको आवश्यकता” भन्ने मुल नाराको साथ वाणगंगा नगरपालिका ९ पडरियामा रहेको युनाईटेड युथ क्लवले आयोजना गरेको प्रथम टोल स्तरिय नकआटउ फुटबल प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा प्रयास सामाजिक युवा क्लव भर्तापुरले सिद्धार्थ गौतिम युवा क्लव ए लाई २–१ ले पराजित गदैँ अर्को यात्रा तय गरेको छ भने दोस्रो खेलमा आयोजक युनाईटेड युथ क्लवले साहारा युवा क्लव भलवाडलाई २–० ले पछि पारेको हो ।

आजै भएको तेस्रो खेलमा सिद्धार्थ गौतिम युवा क्लव सि लाई लालिगुरासँ युवा क्लव बनक्श्रीले ३–० ले पराजित पारेको छ । यस सँगै पहिलो चरणको खेलहरु समापन भएका छन् ।

भोलि १८ गते क्वाटर फाइनलका दुई खेल हुने भएका छन् । पहिलो खेल दिउँसो १ बज आयोजक युनाईटेड युथ क्लव बि र चन्द्र सुर्य युवा क्लव बर्दहवा बिच हुनेछ भने दोस्रो खेल प्रयास सामाजिक युवा क्लव भर्तापुर र लालिगुरासँ युवा क्लव बनक्श्री बिच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार सरेपानि सामुदायिक बन पडरिया र दोस्रो पुरस्कार जनचेतना कृषिक महिला समुह (ख) ले सौजन्य गरेको छ ।

सम्बन्धित् समाचार