सितगंगा नगरपालिकाका नगरप्रमुख सुर्य अधिकारीले बाेलेकाे बाचा पूरा गर्दै गएका छन् । केही महिना अगाडि अाफुले पाउँने पारिश्रमिक शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानि गर्ने घाेषणा पश्चात् पाउँने तलब विद्यालयलाई प्रदान गरे ।
आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रगति समिक्षा गोष्ठी तथा उत्पादनमा आधारित अनुदान बितरण कार्यक्रममा सितगंगा-१२ मा रहेकाे गाैरा माविका प्रअलाई १ लाख ५० हजारकाे चेक हस्तान्तरण गरेका छन् । नगर प्रमुख अधिकारीले बिकासको लागि सम्पुर्ण राजनीति दलले सहयोग गर्न सुजाव दिए ।
बिकासको लागि बजेट कसैले खल्ती बाट दिएको होइन, यो तपाईहरुले लगाउने खाने हिड्ने गाडी घोडा प्रयोग गर्दा तिरेको करबाट बिकास निर्माण भएको छ। जनताले पसिना बाट कमाएर तिरेको करबाट बिकास गर्दा कसैले अबरोद्ध गरेवा रकम हिनामिना गरेको थाहा पाए कडा कार्वाही गर्ने बताए । अधिकारीले सिप सिकाउन युवा लक्षित कार्यक्रम नगरले अगाडि बढाएको बताए । उनले लाेकल कुखुरामा पनि नगरपालिकाले अनुदान दिएकाे बताए ।
नगरपालिकाका उपप्रमुख टिका रेश्मी मगरले सहकारीले गलत रिपोर्ट निकालेर अनुदानको सिफारिस गरेको थाहा पाएमा सहकारी खारेज गर्ने चेतावनी दिए ।
कार्यक्रम वडा अध्यक्ष बाबुराम गैरेकाे अध्यक्षता र वडा सचिब सुवास बन्जाडे सन्चालनमा सम्पन्न भयो ।