उमेश बि.क / नवलपरासी ,१७ असाेज / नवलपरासीको सरावल गाउँपालिकामा जारी ‘‘३१ अाै गाउँ स्तरीय पुरुष फुटबल खेलकुद प्रतियोगितामा हिमालय युवा क्लब सरावल सेमीफाइनलमा प्रवेश गरेको छ । अाज भएको प्रतियोगिताको क्वाटर फाइनल खेलमा श्रीनगरलाई सुन्यको बिरुद्ध २ गोलले पराजित गर्दै सरावल सेमीफाइनलमा प्रवेश गरेको छ।
हिमाल युवा क्लब सरावलका इश्वर चाैधरीले २ गाेलगरी अाफ्नाे टिमलाई सेमीफाइनलमा प्रवेश गराएका हुन। हिमालय युवा क्लब सरावलद्वारा असाेज २ गतेदेखि सुरु गरिएकाे सो प्रतियोगिता युवाहरूलाई कुलतबाट बचाउन, राम्रो खेलाडीकाे उत्पादन र स्वस्थकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद तथा फुटबल खेलकाे जगेर्ना गर्ने उद्देश्यले भइरहेको अाज बिहान १० बजेकाे खेलमा काेठिलहाले बसहिलाई सुन्यकाे बिरुद्ध २ गाेलगरी काेठिलहा बिजयि भएको छ।
यस्तै भाेलि १० बजेकाे खेल जमुहानि भुतहा , १२ बजेकाे खेल जनकपुर सरावल B र ३ बजेकाे खेल गंगाबस्ति काेठिलहा बिच खेल हुने क्लबका अध्यक्ष नरेश फाैजदारले जानकारी दिनुभएको छ। खेलकुद प्रतियोगितामा प्रथम हुनेलाई – रु ४० हजार, मेडल, प्रमाणपत्र , द्वितिय हुनेलाई – रु २० हजार, मेडल, प्रमाणपत्र तथा तृतीय हुनेलाई रु १० हजार मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।