गृहपृष्ठ प्रदेश नं ५ र्हट बिट एफएमले बाड्यो कर्मचारिहरुलाई दशैंमा वोनस

र्हट बिट एफएमले बाड्यो कर्मचारिहरुलाई दशैंमा वोनस

प्रकाशित मिति:

बाणगंगा नगरपालिकाको मुटु चारनम्बर स्थित र्हटबिट एफएमले दशैं, तिहार र छठको अवसर पारेर कर्मचारिहरुलाई बोनस प्रदान गरेको छ । एफएमले कर्मचारिहरुको हित र खुसिलाई मध्यनजर गरेर बोनस बाडेको हो । वि.स. २०७४ सालमा स्थापित जिल्लाकै पहिलो व्यवसायिक र्हटबिट एफएमले विभिन्न समयमा कर्मचारिहरु र सेयर सदस्यहरुका लागि उत्कृष्ट र खुसिमुलक कार्यहरु गर्दै आएको छ ।

एफएमले कर्मचारिहरुलाई कुनै राजनैतिक धारमा नगई व्यवसायिक रुपमा आ–आफ्ना काम कर्यहरुलाई अगाडि बढाउन आग्रह गरेको छ । एफएमले स्थापना काल देखिनै कुनै धारमा नगई विशुद्ध आफ्नो रफ्तारमा अगाडिबढायको र आगामि दिनमा पनि यसरिनै अगाडि लैजाने एफएमका स्टेसन म्यानेजर ओमप्रकास पौडेलले बताए ।

त्यस्तै एफएममा प्रसारण हुने समाचार ,कार्यक्रम ,विज्ञापन र प्राविधीक क्षेत्रलाई अझै चुस्त दुस्त रुपमा राख्नका लागि कर्मचारिहरु विच समन्वय गरेर अगाडि बढेमा एफएमलाई सोचेजस्तो बनाउन सकिने एफएमका बजार प्रमुख हरि घिमिरेले बताए । एफएमले वोनस बाडेपछि सबै कर्मचारिहरु खुसि हुदै शुभकामना साटासाट गरेका थिए ।

 

सम्बन्धित् समाचार