गृहपृष्ठ खबर शाइन रेसुंगा, पूर्णिमा र भार्गवबीच असोज २७ बाट एकीकृत कारोबार हुने, नाम के ?

शाइन रेसुंगा, पूर्णिमा र भार्गवबीच असोज २७ बाट एकीकृत कारोबार हुने, नाम के ?

प्रकाशित मिति:

शाइन रेसुंगा, पूर्णिमा र भार्गव विकास बैंकबीच एक्विजिसन प्रक्रिया सम्पन्न भएको छ । शाइनले पूर्णिमा र भार्गवलाई एक्वायर गरी असोज २७ गतेदेखि एकीकृत कारोबार समेत सुरु गर्ने भएको छ ।एक्वायर पश्चात शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । तीनवटै बैंकको संयुक्त निवेदनपछि राष्ट्र बैंकले असोज ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज १६ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएका थिए ।

यी ३ बैंकको भदौ १४ गते सम्पन्न विशेष साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । एक्वायर पश्चात बैंकको केन्द्रीय कार्यालय बुटवल उप–महानगरपालिका वडा नं ६ मा रहनेछ । हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुंगाले २ विकास बैंकहरूलाई प्राप्ति गरेसँगै राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएको छ ।

सम्बन्धित् समाचार