कपिलवस्तु / असोज १८ / रमेश पौडेल / कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ चेतियाका स्थानीय बासिन्दा सरसफाइमा आफै अग्रसर भएका छन् । गाउँमा २ जनालाई डेङ्गु रोग देखिए पछि डेङ्गु नियन्त्रण गर्न गाउँलेहरु कस्सिएका हुन् ।
दशैँ तिहारजस्ता चाडपर्वको अवसरमा गाउँ सफा सुघ्घर बनाउदै प्रदुषण मुक्त बनाउन गाउँका सबै मानिस घरघरबाट हसिया , कोदालो, डस्टबिनजस्ता सामग्री लिएर निस्किएकाे कुरा सरसफाइ अभियानका नेतृत्व गर्नुभएका शिक्षक तथा बुद्धिजीवी नारायण गैरेले वैखरी अनलाइनलाई जानकारी दिनुभयो ।
डेङ्गु नियन्त्रण तथा प्रदुषण नियन्त्रणका लागि गरिएको सरसफाइ कार्यक्रमले सबैलाई आफ्नो गाउँ अाफै बनाअौँ भन्ने सन्देश दिएको छ ।