गृहपृष्ठ खबर अर्घाखाँचीमा जिप दुर्घटना ,३ जनाको घटनास्थलमै मृत्यु

अर्घाखाँचीमा जिप दुर्घटना ,३ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति:

 

अर्घाखाँची / असोज २० / अर्घाखाँचीको नरपानीमा  जीप दुर्घटना भएको छ। जीप सडकबाट ५ सय मिटर तल खोचमा खसेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जना घाइते भएका  छन् ।

दशै मनाउन बुटवलबाट सन्धिखर्क आउँदै गरेको लंका यातायात प्रालिको स्कार्पियो जीप नरपानी र घुम्ती बिचमा पर्ने रातामाटा स्थित साङ्खोलामा दुर्घटना भएको हो । घाईतेकाे उद्वारपछि जिल्ला अस्पतला अर्घाखाँचीमा उपचार भईरहेकाे छ ।

मृत्‍यु हुनेहरुको पहिचान खुल्न सकेको छैन् । जीप अन्दाजी ५ सय मिटर तल खसेको छ ।

सम्बन्धित् समाचार