गृहपृष्ठ Featured दुईटा केराको बिल ४२४ लगाउने होटललाई २५ हजार जरिवाना

दुईटा केराको बिल ४२४ लगाउने होटललाई २५ हजार जरिवाना

प्रकाशित मिति:

चन्डिगढ : बलिउड अभिनेता तथा खेलाडी राहुल बोसले केही दिन अघि मात्रै एक पाँचतारे होटलले आफूलाई दुईवटौ केराको मुल्य ४ सय ४२ लगाएको कुरा सार्वजनिक गरिदिएका थिए ।

ट्वीटरमा उनले यस्तो कुरा सार्वजनिक गरेपछि भाइरल नै भयो । राहुलको यस्तो खुलासापछि यहाँका उच्च अधिकारीहरुले उक्त होटलको जाँचबुझको आदेश दिएका थिए ।

उच्चस्तरीय अनुसन्धानपछि उक्त होटलले ठगी गरेको भेटिएको छ । साथै होटललाई कारवाही समेत गरिएको छ । सरकारले होटललाई २५ हजार जरिवाना समेत लगाएको छ । राहुलले २२ जुलाइमा एक भिडियो नै सेयर गरेका थिए ।

जिम गरेपछि फलफूल खानका लागि केरा मगाउँदा यति महंगो पर्न गएको भन्दै राहुलले सार्वजनिक गरिदिएपछि उक्त घटनाले महत्व पाएको हो । त्यसबेला होटलको चौतर्फी आलोचना पनि भएको थियो ।

सम्बन्धित् समाचार