उमेश बि.क / नवलपरासी ,२२ असाेज
३१ औं गाउँ स्तरीय पुरुष फुटबल खेलकुद प्रतियोगिताको उपाधि गंगाबस्तिले हात पारेकाे छ । मंगलबार भएको फाइनल खेलमा हिमाल युवा क्लब सरावललाई १ काे बिरुद्ध २ गोलले पराजित गर्दै ३१ अाै गाउँ स्तरीय पुरुष फुटबल खेलकुद प्रतियोगिताको उपाधि गंगाबस्तिले हात पारेकाे हो ।
प्रतियोगितामा विजेता र उपविजेता हुने मेडल, प्रमाण–पत्रको साथमा क्रमश नगद रु.४० हजार , २० हजार पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी तेस्रो स्थानकाे लागि खेल केही दिन पछि सन्चालन गरिने क्लबका काेषाध्यक्ष अनिल चाैधरीले जानकारी दिनुभएको छ।
नवलपरासीको सरावलमा अव्यवस्थित हिमालय युवा क्लबकाे आयोजनामा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगीता असाेज २ गते देखि सरावल गाउँपालिका वडा नं. ३ मा अवस्थित हिमालय युवा क्लब सरावलकाे खेल मैदानमा सुरु भएको थियोे ।
खेलकुद समापन कार्यक्रम क्लबका अध्यक्ष नरेश फाैजदारकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे प्रमुख अातिथ्यतामा खेल सम्पन्न भएको हाे।
प्रतियोगिताको समापन गर्दै सरावल गाउँपालिका उपाध्यक्ष रायकाेले विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा भएको खेलकुद र खेलकुदका माध्यमबाट खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो । साथै खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिन्छ त्यसकारण खेलमा रुचि साथ लाग्न जरुरी छ। साथै खेलकाे माध्यमबाट शारीरिक विकासकाे साथ साथै एक आपसमा प्रेमकाे भावना बिकास हुन्छ र विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले पहल गर्ने र खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
प्रतियोगिताकोमा वडा न. ३ वडा अध्यक्ष अणेन्द्रनाथ राय,सरावल गाउँपालिका कार्यपालिका सदस्य चन्दा चाैधरी, नेपाली काङ्ग्रेसका युवा नेता अनिल कुमार गाैड,समाजसेवी केदार चाैधरी,सरावल गाउँपालिका स्तरीय खेलकुद समिति अध्यक्ष महेन्द्र चाैधरी ,रेडियो सन्देशकाे उपाध्यक्ष जन्मेजय यादव,प्रदेश नं. ५ स्तरीय बिपद ब्यवस्थापन समितिकाे सचिव उमेश बि.क,क्युपेक बर्दघाटका अध्यक्ष राम बहादुर बि.क लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।
साे खेलकुद प्रतियाेगितामा नवलपरासी र रुपन्देही गरि ३८ फुटबल समुहको सहभागिता रहेकाे थियाे ।