गृहपृष्ठ खबर घाउमा मल्हम लगाउदैँ’ ‘अर्घाखाँची बल्कोट दुबै सम्पर्क समाज’

घाउमा मल्हम लगाउदैँ’ ‘अर्घाखाँची बल्कोट दुबै सम्पर्क समाज’

प्रकाशित मिति:

घाउमा मल्हम लगाउदैँ’ ‘अर्घाखाँची बल्कोट दुबै सम्पर्क समाज’

गोमा सापकोटा , वैखरी अनलाइन

असोज २२ ,

छत्रदेब गाउपालिका वडा न ४ केरुङा कोटका रामबहादुर सुनार को घर मा बज्रपात परेको छ ।
गरिबीको चपेटामा परेको सुनार परिवारले एक वर्ष पहिले गम्भीर रोग लागेर उपचार गराउदा गराउदै हस्पिटलमा छोरा गुमाउनु पर्यो ।

छोरा गुमाए पनि छोरीहरूको मुख हेरेर आफूलाइ सम्हाल्नु भएका राम बहादुर सुनारको जिन्दगीमा अहिले अझ ठूलो बज्रपात परेको छ ।

सुनारका दुई सन्तान नै यतिबेला घातक रोग संग लडिरहेका छन् उनका छोरीहरू ९ बर्षिय सुस्मा सुनार लाई ब्लड क्यान्सर र ७ बर्षिय सृष्टि सुनार लाई मुटु रोग लागेको छ ।

कलिला मुनाहरूको जीवन रक्षा गर्न र सुनार परिवारलाई राहत मिलोस भन्ने हेतुले अर्घाखाँचीका युवाहरूले ‘अर्घाखाँची बल्कोट दुबै सम्पर्क समाज’ नामक संस्था मार्फत आर्थिक सहयोग अभियान चलाएका छन् ।

सोही अभियान अन्तर्गत संकलन गरिएको रकम मध्य (५१,०००/- अक्षरूपी एकाउन्न हजार रूपैयाँ ) एक कार्यक्रममा बिच पिडित परिवारलाई हस्तान्तरण गरिएको ‘अर्घाखाँची बल्कोट दुबै सम्पर्क समाज’का अमित प्रकाश पाण्डेले वैखरी अनलाइन लाई जानकारी दिएका छन् ।

 

सम्बन्धित् समाचार