गृहपृष्ठ खबर कपिलवस्तुका मेयर सिंहद्धारा चन्द्रघन्टा दुर्गा मन्दिरलाइ एक लाख प्रदान

कपिलवस्तुका मेयर सिंहद्धारा चन्द्रघन्टा दुर्गा मन्दिरलाइ एक लाख प्रदान

कपिलवस्तु नगरपालिकाका जन प्रतिनिधिहरुले दशै खर्च लिएको भन्दै नागरिकस्तरबाट बिरोध भईरहको बेला मेयर किरण सिंहले तौलिहवाको सागरटोलमा रहेको चन्द्रघन्टा दुर्गा मन्दिरलाई एक लाख रुपैया प्रदान गरेका छन । आफना स्वर्गीय आमा गुन्जेश्वरी देबी सिंहको नाममा अक्षय कोषका लागि उनले मन्दिरलाइ सो रकम प्रदान गरेका हुन ।

मन्दिरमा आयोजित कार्यक्रममा मेयर सिंहले मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष माधवराज शर्मालाई एक लाखको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले रकमले मन्दिर संचालनमा सहयोग मिल्न बिश्वास ब्यक्त गरे । दशै खर्च खाएको भन्ने नागरिक स्तरबाट बिरोध आएको कुरा आफले सुनेको बताए । उनले नगरपालिकाको कार्र्यपालिका बैठकले निर्णय गरी दशै खर्च लिएको बताए । ‘ नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय भएको हो त्यत्ति बेला कसैले बिरोध नगरेर अहिले केही साथीहरुले बिरोध गर्न कत्तिको जायज हो ’ उनले भने । पहिलो बर्ष सबै जन प्रनिनिधिहरुले दर्श खर्च खाएको र गत साल नलिएको उनले बताए । जिल्लाका अन्य पालिकाहरुका जन प्रतिनिधिहरुले समेत दशै  खर्च लिएको कुरा आफुलाई जानकारी आएको बताए । उनले लिएको दर्शै खर्चका बिषयमा कार्यपालिकाका साथीहरुसंग छलफल गरी आवश्यक निर्ण उलने बताए ।

सम्बन्धित् समाचार