गृहपृष्ठ खबर गैर आवासीय नेपाली सघंको मध्यपुर्व संयोजकमा मनोज(गोर्खाली)को जित निश्चित

गैर आवासीय नेपाली सघंको मध्यपुर्व संयोजकमा मनोज(गोर्खाली)को जित निश्चित

प्रकाशित मिति:

गैर आवासीय नेपाली सघंको चुनाव नजिकिदै गर्दा मध्यपुर्व संयोजकमा मनोज कुमार श्रेष्ठ(गोर्खाली)को जित निश्चित देखिएको छ । प्रवासी क्षेत्रमा दुवइलाई कर्म थलो बनाएका गोर्खालीको लगनशिलता र लोकप्रियताले चुुनाव जित्ने निश्चित देखिएको हो । उनलाई गैर आवासीय नेपाली सघंको मध्यपुर्व संयोजकमा जिताउन चुनावमा सहभागि हुने प्रतिनिधिले सघंको हकहित र संरक्षणका लागी गोर्खालीको बिकल्प नरहेको बताएका छन । गोर्खालीले सामाजिक बिकास र आपतकालिन विभिन्न अवस्थामा नेपालीहरुको उद्धार र समस्या समाधानका लागी काम गरेपछि उनी अहिले देश बिदेशमा लोकप्रिय समेत रहेका छन ।

गोर्खाली मध्यपुर्वीय कार्यकाल २०१७—१९ सम्मका सफल सह संयोजकका रुपमा कार्य सम्पादन गरी सकेका छन । गोर्खाली शालिन अनुशासित, सकारात्मक सोच, प्रतिबद्ध र युवा नेतृत्वका रुपमा सघंभित्र परिचित रहेका छन । गोर्खालीको नेतृत्वमा भुकप्म पिडितलाई राहात प्रदान गर्न देखि सामाजिक बिकास निमार्णका काममा ठुलो सहयोग गर्ने गरेकाले गोर्खालीलाई चुनाव जिताउनको बिकल्प नरहेको गैर आवासीय नेपाली सघंका महासचिवका उमेद्धवार डिबि क्षेत्रीले बताए । बैदेशिक रोजगारीका क्रममा ठगीएका तथा दुख पाएका गैर आवासीय नेपालीहरुलाई सहयोग र उद्धार गर्नुका साथै नेपालको सामाजिक बिकासका क्षेत्रमा काम गर्ने योजना रहेको मध्य पुर्वका संयोजक गोर्खालीले प्रतिबद्धता समेत जाहेर गरेका छन । यसै साता काठमाण्डौमा हुने गैर आवासीय नेपालीलाई आफुलाई जिताउन सहयोग गर्न समेत उनले सबैमा अपिल समेत गरेका छन ।

 

सम्बन्धित् समाचार