रुपन्देहीको गैडहवा गाँउपालिकामा रहेको नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको २२औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । गैडहवा गाँउपालिकाका अध्यक्ष बच्चुलाल केवटको प्रमुख आतिथ्यता , लुम्विनी सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जयप्रकाश गुप्ताको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा अनुमानित आयब्यय र यथार्थ आम्दानी खर्च बिबरण प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोेधन गर्दै प्रमुख अतिथी तथा गैडहवा गाँउपालिका अध्यक्ष केवटले वनजंगल र बोटबिरुवा मानव जिवनसंग जोडिने महत्वपुर्ण पक्ष भएकाले यसको संरक्षण र सम्बर्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । धेरै भन्दा धेरै बोटबिरुवा रोपेर मानव जिवन नै सुरक्षीत पार्नुपर्ने उहाँको भनाई थियो ।
फरक प्रसङ्गमा सहभागीले उठाएको जिज्ञासाको प्रतिकृया दिदै केवटले देश नै खुला दिशा मुक्त भईसकेको अवस्थामा गैडहवा गाँउपालिकामा भने अझैपनि कुनैकुनै ठाँउमा चेतनाको अभावले खुला दिशा मुक्त हुन नसकेको भन्दै गाँउपालिकाले नै चर्पी निर्माण गरिदिएपछि पनि बाहिर गएर दिशापिसाब गर्ने भएको हुदाँ यस्तो प्रबृतीलाई अन्त्य गर्नको लागी आग्रह गर्नुभएको छ ।
साथै गाँउपालिकार्ले बेटी बचाऔ, बेटी पढाऔ अभियानलाई पनि अगाडी बढाएको बताउदै बिमा गरिदिने ब्यवस्था रहेको पनि जानकारी गराउनुभएको थियो । र अन्य शिक्षा र कृषी पेशाको लागी पनि गाँउपालिकाले प्रत्येक बर्ष अनुदान उपलब्ध गराउने पनि बताउनुभएको छ।
कार्यक्रमका बिशिष्ट अतिथी जयप्रकाश गुप्ताले बन र बोटबिरुवा प्राणीका लागी नभई नहुने भएको हुदाँ यस संस्थाका सदस्यले मात्र बनजंगल जोगाउनुपर्छ भन्ने साचेलाई हटाई सबैजान मिलेर बनजंगल जोगाउनुपर्नेमा जोड दिनुभएको थियो । साथमा सामुदायिक वनले गरिब दुखी र बिपन्न बर्गलाई आर्थीक सहयोग गर्दै आईरहेको पनि बताउनुभएको छ ।
कार्यक्रममा वडा न.३ का अध्यक्ष राम अरोज यादव, ४ का अध्यक्ष सुरेन्द्रसिंह कुर्मी , ५ का अध्यक्ष कृष्णशंकर गुप्ता लगायतले बोल्नुभएको थियो ।
नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नन्दकिशोर जयसवालको अध्यक्षता तथा योगेन्द्रसिंह चौधरीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्थानियको पनि सहभागिता रहेको थियो ।