गृहपृष्ठ Featured वाणगंगा नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटालाई भब्य स्वागत

वाणगंगा नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटालाई भब्य स्वागत

वाणगंगा नगरपालिकामा आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटालाई नगरपालिकाले भब्य स्वागत गरेको छ । नगरले आफ्नै प्रङगणमा सापकोटालाई स्वगत गरेको हो । सापकोटा धेरै बर्ष देखि विभीन्न नगरपालिका ,उप महानगरपालिका र महानगरपालिकाहरुमा काम गर्दै आएका थिए ।

हाल भने उनि तिलोत्तमा नगरपालिका बाट सरुवाभई बाणगंगामा नगरपालिकामा आएका छन । तुल्सीराम मरासिनीको सरुवा भएपछि सापकोटा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हुन ।सापकोटा वाणगंगा नगरपालिकामा आएपछि जनप्रतिनिधि र नगरबासीहरुमा थप आशा पलाएको छ । सोमवार देखिनै सापकोटाले आफ्नो कार्यको सुभारम्भ गरेका छन ।

उनलाई वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल,वडा अध्यक्षहरु लगायतको उपस्थितीमा भएको कार्यक्रममा फूलमाला, अविर र खादा लगाइ भब्य स्वागत गरिएको हो । कार्यक्रममा कर्मचारी ,पत्रकार र सामाजका विभिन्न क्षेत्रका व्यक्ति हरुको उपस्थीति रहेको थियो ।

सम्बन्धित् समाचार