गृहपृष्ठ खबर बाणगंगा वेलफेयरद्धारा पुर्णिमा कन्सर्ट सम्पन्न

बाणगंगा वेलफेयरद्धारा पुर्णिमा कन्सर्ट सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु बाणगंगा नगरपालिकाको चार नः जितपुरमा पुर्णिमा कन्सर्ट सम्पन्न भएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा हरेक बर्ष हुदै आएको पुर्णिमा कन्सर्ट सम्पन्न भएको हो ।

कन्सर्टमा सिग्नेचर ब्याण्ड, डिजे एएन साथै स्थानिय कलाकारको बजोड प्रस्तुती सहित कन्सर्ट सम्पन्न भएको आयोजक वेलफेयरका अध्यक्ष राज कुमार खाणले वैखरी अनलाइनलाई जानकारी दिए ।

 

 

 

कार्यक्रममा एक हजार बढिको उपस्थिति  रहेको बरिष्ठ उपाध्यक्ष खडक आलेले बताए । कार्यक्रम सञ्चारकर्मी अशोक पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । साथै वेलफेयरकै आयोजनामा मंसिर १९ गतेबाट कपिलवस्तु महोत्सव लाग्ने जानकारी समेत गराइएको थियो ।

तस्विरहरू : वैखरी मिडियाका फोटो पत्रकार किरण सोमै मगर द्वारा खिचिएको

सम्बन्धित् समाचार