गृहपृष्ठ खबर सिनर्जी सहकारीको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

सिनर्जी सहकारीको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

सिनर्जी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वाणगंगा ७ को १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी संस्थाको १२ औँ वार्षिक साधारण सभा सिद्धार्थ क्याम्पस बुङचीको सभाहलमा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले आर्थिक बर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम तथा आगामी आर्थिक बर्षका योजनाहरु प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका सचिव ज्योतिष कृष्ण प्रसाद पाण्डेले संस्थाका निर्णयहरु र कार्यान्वयनको संक्षिप्त प्रस्तुत गर्दै रु ३ करोड ३२ लाख ५५ हजार ३ सय ५६ रुपियाँ ३२ पैसा कुल खर्च र १ करोड ९७ लाख ५६ हजार ३ सय ९९ रुपियाँ ३ पैसा बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहकारीले भौतिक व्यबस्थापन, संस्थागत विकास तथा क्षमता अभिवृद्धि, कर्मचारी व्यबस्थापन सम्बन्धि कार्यहरु गरेको बताइएको छ । त्यस्तै कार्यक्रममार्फत सहकारीले कपिलवस्तु वाल गृहका अस्हाय वालवालिकालाई रु १० हजार प्रदान गरेको थियो । त्यस्तै सहकारीका कोषाध्यक्ष चिरञ्जिवी पन्थले सहकारीको एक आर्थिक बर्षको आयव्यय प्रस्तुत गर्दै संस्थाले विगत ५ बर्ष देखि आर्थिक बर्ष २०७५ ७६ मा गरेका आर्थिक कारोवारहरु शेयर सदस्य समक्ष प्रस्तुत गरेका थिए । साधारण सभाले सफल वाल बचत कर्ता, असल बचत कर्ता, असल उद्यमीहरुलाई खादा तथा प्रशंसा पत्रले सम्मान गरेको छ ।

साधारण सभाले आगामि आर्थिक बर्षका लागि एक शेयर सदस्य एक नयाँ साथी योजना लागु गरि एक्सेस ब्राण्डको आधार तय गर्ने, सबै सदस्यहरुलाई न्युनतम ५ हजारको सेयर खरिदका लागि अभिप्रेरित गर्ने, संस्थगत विकास तथा विस्तार गर्ने, सेवामुलक कार्यक्रमलाई निरन्तरता दिने, समुदाय प्रतिको चासो कार्यक्रमलाई प्राथमिकता दिने लगायतका निती तथा कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद विष्णु पन्थीले सहकारीले बैंक तथा वित्तीय संस्थाहरुले गर्ने कार्य सहकारीले गरेको बताए । उनले सहकारी सर्वसाधारणको पुँजी बचत गरि सहि सदुपयोग गरेकोमा प्रशंसा गरेका थिए ।

कार्यक्रममा सहकारीका निवर्तमान अर्जुन खरेल, अध्यक्ष डिविजन सहकारी वाणगंगाका सहकारी अधिकृत मदन घिमिरे, कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाका सचिव ढाकाराम अधिकारी, वडा नं. ९ का वडाअध्यक्ष धुर्व बेल्बासे, पत्रकार महासंघ कपिलवस्तु शाखाका पुर्व अध्यक्ष भेषराज पाण्डे, प्रदेश ५ सहकारी संघका सदस्य तेज प्रसाद आचार्य लगयतले शुभकामना मन्तब्य राख्दै सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । सकारीका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, उपाध्यक्ष कुलराज पौडेलको स्वातग मन्तब्य तथा सचिव ज्योतिष कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न भएको सचिव कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न भएको छ ।

कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य सघंका निबर्तमान अध्यक्ष छवि रेश्मी मगर, बरिष्ठ समाजसेवि सहित ५ सय बढिको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार