गृहपृष्ठ खबर नवलपरासीमा नहरमा भेटियो पुरुषको शव, हत्याको आशंका

नवलपरासीमा नहरमा भेटियो पुरुषको शव, हत्याको आशंका

प्रकाशित मिति:

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरमा एक पुरुष मृतवस्थामा फेला परेका छन् । अन्दाजी ३०/३५ वर्षका देखिने पुरुषको शव नहरमा भेटिएको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म परिचय खुल्न सकेको छैन । मृतअवस्थामा भेटिएका पुरुषको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।

नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल समेत बरामद भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक लालमणि आचार्यले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत झिकाइएको जनाइएको छ ।

सम्बन्धित् समाचार