कपिलबस्तु जिल्लामा ५६ औं सेतो छडी दिवस मनाईएको छ । “सुरक्षित आवागमनका लागि निरन्तर सेतो छडी प्रयोग सुनिश्चित गरौं ।” भन्ने मुल नाराका साथ उक्त दिवस मनाईएको हो ।
आपांगता उत्थान समाज, कपिलबसतु नेत्रहिन संघ, दालित सामाजिक विकास केन्द्र र कालिका स्वावलम्बन सामाजिक केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा राष्ट्रिय आपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले सबै दुष्टिविहिनलाई सरकारले सेतो छडी निःशुल्क रुपमा व्यवस्था गर्नु पर्ने बताए । उनले आपाङ्गता भएको व्यक्तिहरुलाई निर्णयक तहमा पहुच गराई उनिहरुको अधिकार सुनिश्चित हुन सक्ने बताए ।
सो कार्यक्रममा राष्ट्रिय आपाङ्ग महासंघ नेपाल प्रदेश नं. ५ की अध्यक्ष देवी दत्त आचार्यले दुष्टिविहिनको बहिरी आँखा सेतो छडी भएकोले कसैले बन्चित गर्न नहुने बताईन् ।
उक्त कार्यक्रममा कपिलबस्तु नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ता, नेकपाका जिल्ला सदस्य अजाद अहमद दार्जी, समाजवादी पार्टीका नेता राम निवास यादव, मधेश मनाव अधिकार गृहका वरिष्ठ सल्लाहकार राम दायल ठाकुर, पशुपति मणि त्रिपाठी लागायतको उपस्थिति रहेको थियो ।