वाणागंगा वडा न. ८ काे शान्ति कुञ्ज मधुवन धाम क्षेत्र भित्र नेपालकै प्रसिद्ध विपश्यना केन्द्र स्थापना हुने भएको छ । आइतवार सम्पन्न सरोकारवालाहरुको भेलाले धम्म प्रदेस नामाकरण गर्दै विपश्यना केन्द्र स्थापनाको निर्णय गरेको धामका सल्लाहकार पोमनारायण पौडेलले जानकारी दिए । भेलाले कानूनी वैधता पुरा गरी कार्य अगाडी बढाउने निर्णय गरेको शान्ति कुञ्ज मधुवन धामका अध्यक्ष चुरामणी अर्यालले बताए ।

मधुवन धाम क्षेत्रमा नेपालकै प्रसिद्ध विपश्यना केन्द्र स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सकिने आधार प्रस्तुत गरिएको थियो । भेलाले केन्द्रका लागि २० विगाहा जग्गा छुट्टाउनुका साथै स्थानिय श्रमदान, सक्रियता बढाउदै नगरपालिका, प्रदेश सरकार, केन्द्र सरकारसंग आवश्यक समन्वय गरेर अगाढी बढने निष्कर्ष निकालेको छ ।
भेलामा समाजसेवी कृष्ण पौडेल, डम्मर शर्मा, चतुरभुज पाण्डे, आत्मराम आचार्य लगायतले मन्तब्य राखेका थिए । भेला धम्म हल लुम्बिनीका प्राचार्य गोपाल बहादुर पोख्रेल, सहायक प्राचार्य मेघराज ज्ञवाली, राम कोइराला, योगेन्द्रमणी तुलाधरको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।








