नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखाको आयोजना र कोरियन रेडक्रसको सहयोगमा विश्व हात धुने दिवसका अवसरमा सरसफाई तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका ३ मा रहेको पडरिया आधारभुत विद्यालयमा संचालित विद्यालय सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई अभिमुखीकरण पश्चात सही तरिकाले साबुन पानीले हात धुने सीप सिकाउदै विश्व हात धुने दिवस (२०१९) मनाइएको हो ।
यस्तै सिद्वार्थ आधारभुत विद्यालयमा पनि साबुन पानीले हात धुने सिप सिकाउने कार्यक्रम गरिएको छ । रेडक्रस रूपन्देहीका सभापति प्रेमलाल उदास, उपसभापति दीपक क्षेत्री न्यौपाने, उप कोषाध्याक्ष मोहम्मद शईद शेष, रेडक्रस लुम्बिनी उपशाखाका सभापति अल्ताफ हुसेन खाँ, पडरिया आधारभुत विद्यालयका अध्यक्ष राजेश चन्द वर्मा लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको सहजीकरण रेडक्रसका पुर्व अधिकृत महेश्वर गौतम र जिल्ला शाखा अधिकृत कृष्ण मल्लले गरेका थिए ।