गृहपृष्ठ खबर रुपन्देहीको कञ्चन ५ मा मोटरसाईकल दुर्घटना हुदाँ ४ जना घाईते

रुपन्देहीको कञ्चन ५ मा मोटरसाईकल दुर्घटना हुदाँ ४ जना घाईते

प्रकाशित मिति:

रुपन्देहीको कञ्चन गाँउपालिका वडा नंबर ५ मा आज मोटरसाईकल दुर्घटना हुदाँ ४ जना घाईते भएका छन । उत्तर भैसाहीबाट गरगरेतर्फ आउदै गरेको लु १३ प ९००५ को पल्सर मोटरसाईकलले आज साँझ करिब ५ बजेको समयमा बाटोमा हिडिरहेका २ बालकलाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा भैसाहीकै बर्ष ८ का ईमरान थारु र ८ बर्षकै कृष्ण थारु घाईते भएका छन । घाईते बालक ईमरानको टाउकोमा चोट लागेको र घाईते कृष्णको दाहिने आँखामा चोट लागेको हुदाँ उपचारको लागी बुटवल पठाईएको ईलाका प्रहरी कार्यालय रुद्रपुर थकालीचोकले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक गोबिन्द पोखरेल र पछाडी बस्ने शंकर पोखरेल पनि घाईते भएका छन । मोटरसाईकल चालक गोबिन्द पोखरेललाई थप उपचारका लागी बुटवल पठाईएको छ भने पछाडी बस्ने शंकर पोखरेल सामान्य उपचारपछि घर फर्किएका छन । मोटरसाईकल अहिले ईलाका प्रहरी कार्यालय रुद्रपुर थकालीचोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार