काठमाडौँ । त्रिभुवन युनिभर्सीटी चिकित्साशास्त्र अध्ययन शास्त्रका डिन डा. जगदिश अग्रवाललाई महाराजगञ्जस्थित अस्पताल परिसरमै सोमबार कालोमोसो दलिएको छ ।

मङ्गलबार डा. अग्रवालको कार्यकक्षभित्रै पसेर एक युवकले कालोमोसो दलेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले रातोपाटीलाई जानकारी दिए ।
अनुसन्धानको क्रममा डा. अग्रवाललाई कालोमोसो दल्ने काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका–१ बस्ने २८ वर्षीय विजय थापा रहेको र थापालाई लगत्तै महाराजगञ्ज वृत्तको प्रहरी टोलीले पक्राउ गरेको डीएसपी लम्साले बताए ।
पक्राउ परेका थापाले डा. अग्रवाललाई कालोमोसो दल्नुको कारण खुलिनसकेको प्रहरीको भनाइ छ । घटनाबारे प्रहरीले थप अनुसनधान गरिरहेको छ ।
यसअघि २०७५ पुस २० गते वैद्य निकट माओवादीले नेपाल बायु सेवा निगमका तत्कालिन महाप्रबन्धक सुगतरन्त कंसाकारलाई कार्यालय कक्षभित्रै कालोमोसो दलेका थिए ।