छोरा अमृत आचार्यको अन्ननलीमा गम्भीर समस्या देखिएपछि शिक्षण अस्पताल महाराजगन्जमा आइसियुमा राखेर उपचार गराइरहेका बुवा, जनगायक जीवन शर्मा ! झन्डै ४ दशक लामो जनवादी/प्रगतिशील गायन र साधनाको क्षेत्रमा शर्मा यसरी समर्पित भएछन् कि, आफ्नो र परिवारको बारेमा सोच्नै भुलेछन्, बिर्सेछ्न् !

छोरा अमृत आचार्यको अन्ननलीको पहिलो अप्रेसन सम्पन्न भएको छ । अब लगत्तै पेटको अप्रेसन गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार खर्च जुटाउनेतिर परिवार लागेको छ । हामीलाई थाहा छ- शर्माको परिवार यति ठूलो उपचारको लागि खर्च पुर्याउन आर्थिक रूपमा सक्षम छैन । यसको लागि तपाईं हामीले सहयोगी हातहरु जुटाउनुपर्ने हुन्छ ।
तपाईं हाम्रो ससानो सहयोगले अमृत जिको खर्चिलो (ठूलो) उपचार सम्भव हुनेछ । शर्माले प्रगतिशील गायन र साधनाको माध्यमबाट समाज परिवर्तन र रुपान्तरणमा जुन गुन लगाएका छन्, हामी सबै मिलेर धेरथोर गुन यसैपाली तिर्नुपर्ने छ । यो एउटा अवसर हो र मानवीय समवेदनाको हिसाबले कर्तव्य पनि हुन आउँछ !
अमृतको उपचार खर्च ब्यवस्थापनको लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुको लागि उहाँको दाजु अर्जुन आचार्यको नाममा रहेको Global IME Bank Limited को कान्तिपथ शाखामा निम्नलिखित खातामा रकम जम्मा गरिदिनुहुन सबै शुभेच्छुकहरुमा हार्दिक अपिल एवं सिफारिस गर्दछु ! ARJUN ACHARYA Account No. 0107010046787 सम्पर्कको लागि बुवा जीवन शर्मा मो. न. 9841298542










