गृहपृष्ठ Featured विकासको सुचाङ्कमा पछाडी परेको ठाउँको विकासलाई प्राथामिकता ः मन्त्री चौधरी

विकासको सुचाङ्कमा पछाडी परेको ठाउँको विकासलाई प्राथामिकता ः मन्त्री चौधरी

प्रकाशित मिति:

विजयनगर क.व. प्रदेश नं. ५ का भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले मानव विकासको सुचाङ्कमा पछाडी परेको ठाउँको विकासलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आयोजना गरेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा चौधरीले बताएका हुन् । बुधवार गाउँपालिकाको वडा नं. २ गुगौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले गाउँपालिकाको शिक्षा,स्वास्थ्य, सिचाईका लागि यस बर्ष पनि प्रदेश सरकारले लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस क्षेत्रको सिचाई समाधानका लागि राप्ती डाइभर्सनको काम भइरहेको जनाउदै उनले राजकुलो सिचाई योजना यसै बर्ष सम्पन्न गर्ने गरी काम हुने बताए विजयनगर गाउँपालिकामा पुग्ने गरी सिँचाईको मुख्य रहेको राज कुलोलाई स्थलगत निरिक्षण गरी प्राथमिकतामा राखेर सिँचाई पुरा हुने गरी योजना सञ्चालन गर्ने मन्त्रीले दावी गरे । यस्तै सिँचाईका लागि तालतलैया, पोखरीलाई व्यवस्थापन गरी पानी सङ्कलन गर्ने योजना रहेको चौधरी जानकारी गरे । । खानेपानीको समस्यलाई समधान गर्न गाउँपालिकामा ३ वटा ओभरहेड ट्यांकी निर्माणको काम लगतै सुरु हुने उनले बताए ।

सबैलाई शुभकामना मन्तव्य दिँदै विजयनगरका अधिकांश जनता कृषिमा आधारित भएकाले विजयनगरको शंकरपुर ताल कृषि सिँचाईका लागि महत्वपुर्ण रहेकोले पुर्वाधारको तयारीका लागि बुधवार कार्यक्रममा आउने क्रममा अवलोकन गरेको उनले बताए । त्यस तालमा सम्बन्धित नदी, नालाबाट पानी सङ्कलनको व्यवस्था गर्ने उनले बताए । यस्तै रुद्रपुर आरटिओ सडक खण्डलाई बजेट परी सकेकोले आउने वर्ष भित्र कालो पत्रे सडक बनि सक्ने ठोकुवा गरे ।

आउँदो आर्थिक वर्ष भित्र वडा नं.१ को नेवलागञ्जको नदीमा पुल बन्ने पनि बताए । गाउँपालिकामा रहेको प्रहरी चौकीको भवन पनि यसै आर्थिक बर्षमा निर्माण गर्ने आश्वासन समेत व्यक्त गरे । दुधाधारी माध्यमिक विद्यालय गुगौलीमा चार कोठे भवन निर्माण साथै भुवनेश्वरी माध्यमिक विद्यालय जगदीशपुरमा सिभिल इन्जिनियरिङ्ग सञ्चालन रहेकोमा प्रदेश सरकारसँग सहयोगका लागि पहल गर्र्नेे बताए ।

गाउँपालिकामा अझै पनि स्तरिय अस्पताल, उच्च शिक्षाका लागी क्याम्पस नभएकोले यसका लागी प्रदेश सरकारले विचार गरिदिनु पर्ने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । अझै पनि गाउँपालिकामा धेरै विकास निर्माणका काम बाँकी रहेको र गाउँपालिकाको बजेटले विकास निर्माणका कामहरु गर्न नसकिने हुदाँ प्रदेश सरकारबाट सहयोगको अपेक्षा रहेको समेत थापाले उल्लेख गरे ।

सम्बन्धित् समाचार