कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ८ ले वडा भित्रको फोहोर ब्यवस्थापनका लागी डस्टबिन बितरण गरेको छ । आज भएको कार्यक्रममा वडा कार्यालयले १६० र त्रिशक्ति सामुदायिक बन उपभोक्त समिति ८० गरि जम्मा २४० वटा डस्टबिन वडा भित्र रहेका टोल बिकास संस्थाका अध्यक्ष वा प्रतिनिधि लाई बितरण गरेको छ गरिएको वडा कार्यालयले जनाएको छ ।
बाणगंगा नगरपालिका अन्र्तगत वडा नः ८ ले फोहोर ब्यवस्थापन र वडाको सुन्दरताका लागी नियमित काम गर्दै आएको छ । कार्यक्रममा कार्यबाहाक वडा अध्यक्ष गिता भुसाल, कार्यपालिका सदस्य पुर्णकला सुनार, स्थानिय नाथु थारु,शिव प्रसाद पाण्डे र त्रिशक्ति बनका अध्यक्ष बिष्णु पन्थि लगायतले आआफनो धारणा राखेका थिए । फोहोर संकलन पछि टोलमा फोहोर उठाउन प्रक्रिया मिलायर साधन पठाउने सो अवसरमा कार्यबाहाक वडा अध्यक्ष गिता भुसालले बताएको युवा समाजसेवि दयाराम पौडेलले वैखरी अनलाइनलाई जानकारी दिएका छन ।