गृहपृष्ठ खबर कपिलवस्तुमा १४ जुवाडे पक्राउ

कपिलवस्तुमा १४ जुवाडे पक्राउ

कपिलवस्तु नगरपालिका– २ बर्गदवाबाट ३ लाख ४५ हजार नगद सहीत १४ जनालाई नियन्त्रणमा लिएको छ । बिहीवार राति २ बजे वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश गुरुङको नेतृत्वमा गएको टोलीले अशोक कहारको घरमा खेलाईएको जुवाका खालमा छापा हानेको हो ।
जुवाको खालबाट ३ लाख ४५ हजार नगद, १४ जुवाडे, तास बरामद गरिएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले जानकारी दिए । पक्राउ परेकाहरुलाई रातभर वडा प्रहरी कार्यालयमा राखिएको थियो । बिहान १० बजेतिर उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो ।
पक्राउ परेकाहरुमाथी आवश्यक कारबाही प्रकृया अघि बढाईएको प्रहरी नायब उपरिक्षक मल्लले बताए ।

सम्बन्धित् समाचार