सोलुखुम्बु – पासाङ ल्हामू गाउँपालिका-५ कोङ्देमा भिरबाट लडेर एक जना विदेशी नागरिकको ज्यान गएकोे छ ।
पोल्याण्डबाट नेपाल भ्रमणमा आएका २६ वर्षीया पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार बाटो हिँड्ने क्रममा भिरबाट लड्दा घटनास्थलमा नै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नाम्चेबाट गएको प्रहरी टोलीले शव लुक्ला ल्याएको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।