२ कार्तिक, कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिका वडा नं २ मा रहेको मुसहर बस्तिमा एक कार्यक्रमका बिच लत्ताकपडा वितरण गरिएको छ । कञ्चन जेसिस र सैनामैना नगर स्तरिय वडा बाल क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मुसहर बस्तीका बासिन्दाहरुलाई न्यानो कपडा सहयोग गरिएको हो ।
केही दिन अघि नमुना बाल क्लबले सैनामैनाको रामापुर र बाँसगढिमा लुम्बिनी घुम्ती कपडा बैंक सञ्चालन गरि संकलन भएका कपडा मुसहर बस्तिका बिपन्न परिवारलाई बितरण गरिएको हो ।
कञ्चन जेसिसकी प्रिया तरामु मगरको स्वागत रहेको कार्यक्रममा बोल्दै नमुना बाल क्लबका अध्यक्ष शिबु भण्डारीले बाल क्लबले गरेको काममा सहयोग गरेकोमा कञ्चन जेसिसलाई धन्यवाद दिदैँ लुम्बिनी घुम्ती कपडा बैंक नाम दिई बाल क्लबले सङ्कलन गरेका पुराना कपडाले कसैको शरीर छोपेको भन्दै पुराना भएका तर नच्यात्तिएका लत्ताकपडा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
जेसिसको आस्था पाठ गर्दै कञ्चन जेसिस कि कार्यकारी उपाध्यक्ष राधिका चौधरीले बाल क्लबले गरेको कार्य सह्रानीय रहेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै समाजसेवी तामलाल गिरिले बाल क्लब सँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने कुरालाई जोड दिदैँ पहिरन लायक पुरानो कपडालाई नफाल्न आग्रह गर्नुभयो ।
कञ्चन गाँउपालिका वडा नं २ का वडाध्यक्ष शेर बहादुर थारुले जेसिस बाल क्लब जस्ता समाजिक संस्थाले लोक कल्याणकारी कार्यक्रम राख्दै जानुपर्ने कुरामा ब्यक्त गर्दै मुसहर बस्तीका नागरिकलाई वडा बाट हुन सक्ने सहयोग गर्ने कुरा ब्यक्त गर्नुभयो ।
मानवताको सेवा नै जिवनको सर्वत्तम कार्य हो भन्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा कञ्चन जेसिस कानुनि सल्लाहकार बाबुराम पौडेलले बर्तमान समयमा ठाउँ ठाउँमा कपडा बैंक सञ्चालन हुन थालेकोमा बाल क्लबले गरेको घुम्ती कपडा बैंक राम्रो कार्यक्रम रहेको बताउनुभयो ।
कञ्चन जेसिसका महासचिव राजन पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा जेसिसका अध्यक्ष तथा सहयोग कार्यक्रमका सभापति समेत रहनु भएका चुडामणी पौडेलले बालबालिका र जेसिसको सहकार्यमा भएको कार्यक्रमले स्थानीय सरकारलाई भर्याङको काम गरेको बताउँदै सैनामैना नगरपालिका नगर स्तरीय वडा बाल क्लबलाई धन्यवाद दिनुभएको छ । मुसहर बस्तीमा भएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता उहाँले ब्यक्त गर्नुभएको हो ।
कार्यक्रममा सैनामैना नगर स्तरीय वडा बाल क्लबका पदाधिकारी,कञ्चन जेसिसका पदाधिकारी,समाजसेवी,वडाध्यक्ष,पत्रकार, लगायतको उपस्थिति रहेको थियो ।
कञ्चन २ को मुसहर बस्तिमा न्यानो कपडा वितरण
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैच्याम्पियन्स ट्रफी : न्युजिल्याण्डको टोली घोषणा
४ घण्टा अघि
लुम्बिनी विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा
४ घण्टा अघि
काठमाडौँ जिल्ला अदालतमा रवि लामिछाने उपस्थित
४ घण्टा अघि