गृहपृष्ठ खबर कपिलवस्तुमा रियो लिटिल प्रिन्स प्रिन्ससेश कार्यक्रम हुने

कपिलवस्तुमा रियो लिटिल प्रिन्स प्रिन्ससेश कार्यक्रम हुने

प्रकाशित मिति:

कपिलवस्तुमा रियो लिटिल प्रिन्स प्रिन्ससेश कार्यक्रम हुने
भएको छ । ए एण्ड ए इभेण्टद्धारा कपिलवस्तुमा रियो लिटिल प्रिन्स प्रिन्ससेश कार्यक्रम हुने भएको हो । बाणगंगाको चार नः जितपुरमा रहको अन्नपुर्ण होटेलमा आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै इभेण्टका निर्देशक अनमोल सिहंले १३ बर्ष मुनिका बालबालिकामा नेतृत्व बिकास र घर भन्दा बाहिरको समाजको अवस्था बारे बुझाउने उदेश्यले कार्यक्रम गर्न लागीएको बताए ।

साथै इभेण्टकी कोरीयोग्राफर अस्मी भट्टराईले यस कार्यक्रमले कपिलवस्तुका बालबालिकामा सकारात्मक प्रभाव पार्नुका साथै सानै उमेरमा ब्यवहारिक ज्ञानका लागी सहयोग समेत पुग्ने बताइन ।

पत्रकार सम्मेलनमा कपिलवस्तु पत्रकार महासघंकी बरिष्ठ उपाध्यक्ष पार्वति पाण्डे, युवा पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । सो अवसरमा लोक दोहोरी प्रतिष्ठान कपिलवस्तुका निबर्तमान अध्यक्ष पर्ण चन्द्र परियार, अध्यक्ष थानेश्वर अधिकारी , सिद्धार्थ क्याम्पस सोबियु सभापति शुसिल खत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका लागी तिहार अघिनै जिल्लाका विभिन्न स्थानमा अडीसन हने र मुख्य प्रायोजकका रुपमा रियो जुस रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।

सम्बन्धित् समाचार