गृहपृष्ठ विविध बदला लिनका लागि ६१ वर्षका वृद्धले चोरे १५९ साइकल सिट

बदला लिनका लागि ६१ वर्षका वृद्धले चोरे १५९ साइकल सिट

जापानको टोकियोमा ६१ वर्षका एक वृद्धलाई साइकलका १५९ सिट चोरीको आरोपमा पक्राउ गरिएको छ । आरोपीको नाम आकियो हतोडी हो । उनले १५९ वटा साइकलको सिट यसकारण चोरेका थिए किनभने उनको साइकलको सिट चोरी भएको थियो । शहरमा थुप्रै दिनदेखि लगातार साइकलको सिट चोरीको घटना बढिरहेको थियो । पुलिस थुप्रै दिनदेखि चोरीको बढ्दो मामलाका कारण तनावमा थिए ।

घरमा भेटिए १५९ सिटः

ओकियोले पहिलो पटक अगस्टमा साइकलको सिट चोरेका थिए । जुन व्यक्तिको सिट ओकियोले चोरेका थिए ती व्यक्तिले पुलिसलाई यसबारे उजुरी दिएका थिए । पुलिसले जब अनुसन्धान सुरु गरे तब सिसिटिभी क्यामरामा आकियोले चोरी गरिरहेको स्पष्ट देखिएका थिए । उनले निकै सावधानीपूर्वक साइकलको सिट निकालेर आफ्नो बास्केटमा राखेको देखिएका थिए । त्यसपछि उनी पुलिस रडारमा आएका थिए ।

पुलिसले आकियोलाई पक्राउ गरेपछि उनको घरमा छापा मार्दा दंग भए । उनको घरबाट १५९ साइकल सिट बरामद गरियो ।

पुलिसलाई दिइएको बयानमा आकियोले भने, ‘सन् २०१८ मा मेरो साइकलको सिट चोरी भएको थियो । जसका कारण मैले ठूलो समस्याको सामना गर्नुपर्‍यो । त्यसपछि मैले आफूले जस्तो समस्या भोगेँ त्यही समस्या अरुले पनि भोगुन् भन्ने उद्देश्यले यस्तो गरेको हुँ । त्यसकारण मैले पुलिसलाई यसबारे जानकारी दिनुको साटो चोरी गर्न सुरु गरेँ ।’

सम्बन्धित् समाचार