गृहपृष्ठ खबर सेयर गरौं । जगदिशपुर तालमा चरा आउन सुरु ।।

सेयर गरौं । जगदिशपुर तालमा चरा आउन सुरु ।।

प्रकाशित मिति:

कार्तिक , कपिलवस्तु / रमेश पौडेल / जाडो याम सुरु भए सँगै कपिलवस्तुमा रहेको सिमसार क्षेत्र जगदिशपुर तालमा चराको आगमन सुरु भएको छ ।

लामो तयारी र उस्तै लामो यात्रा तय गरेर धेरै चराहरु नेपालका विभिन्न क्षेत्र आउने क्रम जारी छ । हिउँद बिताउनका लागि चीन, मंगोलिया तथा रुसको साइबेलियासहितका क्षेत्रबाट चरा आउने क्रम सुरु भइसकेको छ । जाडो छल्न तथा अत्याधिक चिसोका कारण आहाराको अभाव हुँदा चराहरु महादेश नै पार गरेर नेपालसम्म आइपुग्ने गर्छन् ।

जाडो याम सुरु भएसँगै उत्तरतिरबाट अर्थात हिम शृङ्खलामाथिबाट उडेर चराहरु नेपालका विभिन्न स्थानमा आइपुग्छन् । उताको कहाली लाग्दो जाडो र आहराको अभाव छल्नका लागि यहाँ (नेपालमा) जाडो सुरु भएसँगै चराहरु आउन थाल्छन् ।

झण्डै ६ महिनाको बसाईका लागि आउने चराहरुमा आधा जति सिमसार तथा बाँकी आधा वन तथा घाँसे मैदान क्षेत्रमा आश्रित हुन्छन् । विशेष गरी हाँस प्रजातिका चराहरुले लामो यात्रा तय गरेर नेपालका सिमसारमा अस्थायी बास रोज्छन् । अरु प्रजातिका चराको गन्तव्य वन तथा घाँसे मैदान बन्छ ।

दक्षिणतिरबाट अर्थात गर्मी छल्नका लागि आउने चराहरुको गन्तव्य पनि नेपालका विभिन्न जंगल तथा चरन क्षेत्र पर्छन् । गर्मी तथा जाडो छल्नका लागि झण्डै २०० प्रजातिका चरा नेपाल आउँछन् । हिउँदमा आउने चराका प्रजातिको संख्या १५० को हाराहारीमा रहने गरेको छ । गर्मी छल्न आउनेमा ५० देखि ६० प्रजातिका चरा हुन्छन् ।

कपिलवस्तुको जगदिसपुर जलासय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, सुनसरीको वर्जु ताल, रुपन्देहीको गैडहवा ताल, चितवनको बिसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेको चराविद डा. हेमसागर बरालले बताए ।

हिउँदमा आउने चराहरु १३ हजार माइल भन्दा बढीको यात्रा पाँच दिन पाँच रातसम्मको उडान तय गरेर नेपालका विभिन्न क्षेत्र पुग्छन् ।

विभिन्न अनलाइन तथा फेसबुकबाट तस्बिर तथा जानकारी सङ्कलन गरिएको ।

सम्बन्धित् समाचार