गृहपृष्ठ खबर दाङमा एकआपसमा बस ठोक्किदा २२ जना घाइते

दाङमा एकआपसमा बस ठोक्किदा २२ जना घाइते

सोमबार बेलुकी घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर–३, वर्गदुवा चोकमा दुई बस एकापसमा ठोक्किँदा २२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराही आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस आपसमा ठोक्किएका थिए ।

 

दुर्घटनामा दुवै बसका २२ जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद विक्रम शाहीले बताए । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान घोराहीमा घाइतेहरुको उपचार भैरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित् समाचार