गृहपृष्ठ खबर परासीमा दुर्घटनामा परि एक जनाको मृत्यु, एक गम्भिर

परासीमा दुर्घटनामा परि एक जनाको मृत्यु, एक गम्भिर

प्रकाशित मिति:

उमेश बि.क/नवलपरासी ,कार्तिक , ०५ /

पश्चिम नवलपरासीको परासी स्थित रामग्राम ५ महेसपुर चोकको बालगोविन्द पेट्रोल पम्प अगाडी हिजो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा परि मोटरसाईकल चालक रामग्राम १८ का लक्ष्मण चौधरीको मृत्यु भएको हो भने गम्भिर घाईतेमा मोटरसाईकलको पछाडी बस्ने रामग्राम १८ कै वर्ष ३२ का बलिराम चौधरी रहेका छन् । गम्भिर घाईते चौधरीलाई थप उपचारका लागी बुटवल पठाईएको जिल्ला प्रहरी कार्यायलका सुचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो ।

भैरहवा तर्फ बाट आउदै गरेको लु १ ख ५६५८ नम्बरको ट्रिपर र विपरित दिशा बाट जादै गरेको लु ३२प ७५७९ नम्बरको मोटरसाईकललाई बालगोविन्द पेट्रोल पम्प अगाडी ठक्कर दिएको हो । ठक्कर दिने ट्रिपर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित् समाचार