गृहपृष्ठ खबर सांसद कंडेल भन्छन् : भारतीय दुस्प्रचार , सत्य सावित गर्न चुनौति

सांसद कंडेल भन्छन् : भारतीय दुस्प्रचार , सत्य सावित गर्न चुनौति

प्रकाशित मिति:

काठमाडौँ । कार्तिक, ६ ।

दोहोरो नागरिकता लिएको आरोप लागेका प्रतिनिधिसभाका सदस्य एवं पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलले आफ्नो पुर्खाले राणाकालमा स्थापना गरेको विद्यालय ( हाल कलेज ) को सम्पत्तिमा हालीमुहाली गर्न भारतीय पक्षले आफूविरुद्ध दुस्प्रचार गरेको दावी गरेका छन् ।

आफ्नी हजुरआमा राधाकुमारी कंडेलले राणा शासनकालमा राणाहरुले नवलपरासीको हरपुर अमानीगन्जमा विद्यालय खोल्न नदिएपछि भारतीय सीमा क्षेत्र ठुठिबारीमा खोलेको राधाकुमारी इन्टर कलेजलाई आफ्नो कब्जामा लिन र सम्पत्तिमा हालीमुहाली गर्नकै लागि आफूविरुद्ध दुस्प्रचार भएको कंडेलको दावी छ ।

व्यवस्थापन समितिको गत वर्षको चुनावमा आफूले नेपाली नागरिककै हैसियतमा चुनावमा सहभागी भई निर्वाचन जितेपछि आफूविरुद्ध भारतीय पक्षले दुस्प्रचार शुरु गरेको कंडेलले बताए ।

आफ्नो परिवारले दिएको करोडौं मूल्य पर्ने करिब १५ बिघा जग्गामा सो कलेज रहेको कंडेलले बताए । नेपालीहरुलाई पढाउने उद्देश्यले खोलिएको उक्त कलेजमा नेपालमा प्रजातन्त्र स्थापनापछि भारतीयहरुले पनि पढ्न थाले । शुरुमा बि.स. २००६ सालमा नीजि लगानीमा खुलेको कलेजलाई पछि भारत सरकारले बिक्रम सम्बत २००८ माघ १७ गते (सन १९५२ जनवरी ३१) मा सरकारी सम्बन्धन प्रदान गरेको थियो ।

तर नीजि स्रोतबाट राखिने शिक्षक र जग्गा भाडामा लगाउने काम व्यवस्थापन समितिले गर्छ । कलेजको करिब ७ बिघा जग्गामा ठुठिबारीको हाटबजार लाग्ने गर्छ ।
कलेजको निर्वाचन प्रक्रीया लागि निर्वाचन समिती ( सहायक रजिस्ट्रार फम्र्स सोसाईटीज एवं चिट्स गोरखपुर मण्डल , गोरखपुर ) ले जारी गरेको कुल १२ जना मतदाता नामवली मध्ये कंडेलको ठेगानामा महेशपुर नवलपरासी लेखिएको छ । बांकी सबैको ठेगाना भारतकै छ ।

आफू कहिलेकांही अस्थायी रुपमा बस्दै आएको गोरखपुरको ठेगाना ( जसलाई मार्पmत अर्थात सि.ओ. ) पत्राचार ठेगाना उल्लेख गरेर सपथग्रहण गरेको विषयलाई भारतीय नागरिक भनेर प्रचार गरिएको कंडेलको तर्क छ ।

कँडेलले पत्राचारका लागि ठेगाना कलेज पढ्दाको साथी शैलेश बाजपेयीको घर रहेको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुर ठेगाना उल्लेख गरेका थिए । आफूले भारतीय आधार कार्ड नलिएको र मतदाता नामावलीका लागि कतै निवेदन नदिएको तर सीमा क्षेत्रमा बस्ने भएकाले सवारी चालक अनुमती पत्र ( ड्राइभिङ लाइसेन्स ) लिएको सत्य भएको कंडेलले बताए ।

कलेजको बैंक खाता हजुरआमाको पालादेखि कलेजकै नाममा भएको उनको दावी छ । ‘कलेज पढ्दादेखि नै लाइसेन्स बनाएको हुं,अहिले पनि बोर्डरमा बस्ने भएकाले सहजताका लागि लाइसेन्स नवीकरण गर्ने गरेको छु’ कंडेलले भने–‘तर आधार कार्ड र मतदाताको कुरा फेक हो, सत्य सावित गर्न म चुनौति दिन्छु ।’


आफ्नो ठूलो बुबाको परिवार अहिले पनि भारत ठुठिबारीमा बस्दै आएका र गोरखपुरमा पढ्दा जनगणनाका क्रममा आफ्नो नाम लेखिएको हुनसक्ने तर आफू भारतीय मतदाता नभएको जिकिर गरे ।
उक्त कलेजको व्यवस्थापन समितिमा आफ्नी हजुरआमा आजीवन, त्यसपछि (स्व.पृथ्वी राज कंडेल जो आफैमा २०१५ सालको सांसद समेत रहि सक्नु भएको) बुबाले नेतृत्व गरेका र बुबाको मृत्युपछि आफू नेतृत्वमा आएको देखेर चुनावमा हारेका आफ्नै भाइ नाता पर्ने भारत ठुठीबारीका अनिलराज कंडेल र पूर्व प्रधान राजेश सिंह लगायतले आफूलाई बद्नाम गराउन सक्रिय भएको सांसद कंडेलको आरोप छ । आज पनि सीमा वारी र पारी दुबैतिर लोकप्रिय भएकालेअहिले भारतीय पक्षले आफ्नो राजनीति सिध्याउन लागिपरेको आरोप सांसद कंडेलले लगाए ।

राणा शासनकालमै गोर्खाबाट बसाइसराइ गरेर नवलपरासीको सिमा क्षेत्रमा आएर नेपालमा प्रजातन्त्र प्राप्तिका लागि हजुरआमाको पालादेखि नेपालका हरेक क्रान्ति,२००७ सालको प्रजातन्त्र स्थापनाका लागि कंडेल परिवार ले खेलेको भुमिका महत्वपुर्ण छ । कण्डेलको हजुर आममा राधादेवी कण्डेल समाजसेवी , वाबु पृथ्बीराज कण्डेल २०१५ सालको सांसद र २०५१ सालदेखी हालसम्म तिन पटक सांसद भईसकेका छन् ।
कण्डेलर्ला द्वन्दकाल मा १६ राउण्ड गोली लागी आक्रमणमा परेका थिए द्धन्द्धकालमा लागेको १६ वटा गोली मध्ये अहिले पनि एउटा गोली कण्डेलको शरीर भित्र छ । साथै मधेश आन्दोलनको क्रममा लुटपाट तथा आगजनि समेत कंडेलको नवलपरासीमा रहेको निवासमा भएको थियो ।

‘उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथका गुरु अवैधनाथ पनि गोर्खाका हुन् । उनीसंगको गोर्खाली सम्बन्धका कारण अहिले उनका चेला आदित्यनाथसंग पनि मेरो नजिकको सम्बन्ध छ,यो सम्बन्धलाई तोड्न पनि विरोधीहरु लागेका हुनसक्छन्’–सांसद कंडेलले भने–‘ड्राइभिङ लाइसेन्सकै भरमा दोहोरो नागरिकता भन्ने हो भने त विदेशमा गएर गाडी चलाउने सबैको ड्राइभिङ लाइसेन्स हुन्छ,सबैलाई भने भयो नि ।’ कलेजको चुनावलाई लिएर इलाहावाद उच्च अदालतमा मुद्दा चलिरहेको र त्यहां आफूले आफ्नो पुख्र्यौली सम्पति र स्वामित्वमा बनेको कलेजमा १९५०को सन्धि अनुसार नेपाली नागरिककै हैसियतामा अध्यक्ष पदमा चुनाव लडेको बयान दिएको कंडेलले बताए ।


अदालतले नेपाली नागरिक भारतमा रहेको कलेजको अध्यक्ष बन्न नपाउने फैसला गरेमा आफूले अध्यक्ष पद् छाड्न तयार रहेको कँडेलले बताए । तर अहिले चाही नेपालीकै हैसीयतमा चुनावमा भाग लिएर निर्वाचित भएको हु । सो कलेजमा हाल एक हजार पांच सय ४४ जना बिद्यार्थी अध्ययरत छन् ।

 

सम्बन्धित् समाचार