गृहपृष्ठ खबर विद्यालयलाई विद्युतीय सामाग्री हस्तान्तरण गर्दै मनायो तरुण दलले स्थापना दिवस

विद्यालयलाई विद्युतीय सामाग्री हस्तान्तरण गर्दै मनायो तरुण दलले स्थापना दिवस

पटना, कपिलवस्तु, ६ कार्तिक ।
६६ वर्ष अघि विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६६ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी कपिलवस्तुमा मनाईएको छ। तरुण दलको स्थापना दिवस कार्तिक १० गते भए पनि तिहार पर्वका कारण तरुण दले बुधबार स्थापना दिवस मनाएको छ ।

 

नेपाल तरुण दल कपिलवस्तुले बाणगंगा १० पटना स्थित कामता माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी तरुण दलको स्थापना दिवस मनाएको हो । तरुण दलले कामता मध्यमिक विद्यालयलाई ११ थान र जककल्याण प्रा.वि. बालापुरलाई ५ थान विद्युतीय सामाग्री पंखा हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अतहर कमाल मुसलमानले तरुण दलले उद्दार, राहत वितरण, मूल्य बृद्धिको विरोध जस्ता सामाजिक कार्यका साथै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै कपिलवस्तु जिल्लामा तरुण दलले गरेको कार्यको प्रंसशा गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मुसलमानले तरुण दलमा केही विवाध जस्तो देखिए पनि त्यो चाडै मिल्ने र ६६ वर्ष पुरानो संगठन भएकाले तरुण दलले पहाड फोड्न सक्ने बताउँदै भन्नुभो ‘तरुण दल बलियो भए कांग्रेस मजबुत हुन्छ ।

कार्यक्रममा नेपाली कांग्रसे कपिलवस्तुका पूर्व सभापति राजेश आचार्य, रबि बहादुर काफ्ले, इन्दिरा भट्टराई, बाणगंगा वडा नं. ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, वडा नं. १० का वडा अध्यक्ष राम बिहारी थारु, प्रदेश सभा उम्मेदवार पुरन थारु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेविसंघ क्षेत्र नंं १ का सभापति चन्द्रकान्त पोख्रेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै जिल्लामा नेविसंघ र तरुण दलले सँगसँगै कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।तरुण दल युवाहरुको सस्था भएकोले युवाहरु भनेका भोलिका कर्णधार मात्र नभई बर्तमानका साझेदार पनि रहेको र युवा सधै प्रयोग मात्र गर्न नहुने युवाको शक्तिलाई सहि ठाउमा प्रयोग गर्नुपर्ने बताउनुभयो।युवा भन्ने बित्तिकै लडाई झै झगडा मा लाग्छन भन्ने कुरालाई तरुण दलले बिस्थापित गर्दै सामाजिक काममा लागिपरेको बताउनुभयो।

 

नेपाल तरुण दल कपिलवस्तुका अध्यक्ष शक्ति सिंह ठकुरीले प्रचण्ड गर्मीमा छतमुनी बसेर पढन विद्यार्थीहरुलाई गाह्रो भएको महसुस गरी विद्यार्थी भाइबहिनारुलाई केही गरौं भन्ने उद्देश्यले आफूहरुले विद्यालयलाई पंखा वितरण गरेको बताउनुभयो । ठकुरीले विद्यालय तथा विद्यार्थीहरुलाई तरुण दलले सहयोग गर्दै आएको र आगामी दिनमा पनि थप उर्जाका साथ सहयोग गर्दै जाने बताउनुभयो । कार्यक्रममा वडा सदस्यहरु अभिभावक बिद्यार्थी लगायतको उपस्थित रहेको थियो भने कार्यक्रममा पंखा सहयोग गर्ने विभिन्न सहयोगी सस्थाहरुलाई र न्यु पराजुली ट्रेडर्सलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगका लागि आह्वान गरिएको थियो ।

 

कार्यक्रममा नगर सभापति बिष्णु थापा नगर सहसचिव ईश्वर थापा प्रध्यानाध्यापक चोलाकान्त ज्ञवाली, बिब्यस अध्यक्ष मुकेश खनाल बिब्यस सदस्यहरु त्यसैगरी बालापुर बिध्यालयका अभिभावक खिम थापा शेरबहादुर झेडी लगायतलाई पंखा हस्तान्तरण गरिएको थियो। विद्यार्थी नेता बुद्धि बहादुर रोकाहा (दिनेश)को संचालन, जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गोविन्द आचार्यको रहेको थियो ।

सम्बन्धित् समाचार