गृहपृष्ठ खबर प्रहरीद्वारा लाखौँ पर्ने पटका र अबैध औषधी नष्ट

प्रहरीद्वारा लाखौँ पर्ने पटका र अबैध औषधी नष्ट

प्रकाशित मिति:

अजय मिश्र ,कृष्णनगर , कपिलवस्तु , कार्तिक ,७ ।

कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्राधिकार भित्र चेक जाँच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न पटाका र विभिन्न किसिमका औषधी जन्य चिजहरु वेवारिसे अवस्थामा फेला पारी बरामद गरि इलाका प्रहरी कार्यालय कृष्णनगर को पछाडि रहेको प्रांगणमा पत्रकार, स्थानीय,नगरपालिका का प्रतिनिधि ,सुरक्षाकर्मीको उपस्थितिमा नष्ट गरिएको छ।

जस्मा पटाकाको अन्दाजी मूल्य रु एक लाख र अबैध औषधीको अन्दाजी मूल्य २ लाख रहेको छ। साथै सादा पोशाकको प्रहरी टोलीले नेपाल बाट अबैध रुपमा भारत लैजादै गरेको ६५० के.जी. मटर बरामद गरि आवश्यक कार्यवाहीका लागी भन्सार पठाएको छ।

साथै तिहार र छठ लाई मध्यनजर गर्दै ट्राफिक व्यावस्थापन, चोरी नियन्त्रण गर्न सुरक्षा सतर्कता आपनाइएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ।

 

समुदाय प्रहरी कार्यक्रम अन्तर्गत समाजसेवी, आम जनता, पत्रकार,न्याय प्रेमीसंग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र चाडपर्व मा शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन्।

सम्बन्धित् समाचार