गृहपृष्ठ खबर सिद्धार्थद्वारा शिक्षक सेवामा नाम निकाल्नेलाई सम्मान

सिद्धार्थद्वारा शिक्षक सेवामा नाम निकाल्नेलाई सम्मान

 

उमेश बि.क / नवलपरासी ,८ कार्तिक /

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ गाेबरहियामा अवस्थित सिद्धार्थ सेकेन्डरी स्कुलले शिक्षक सेवामा नाम निकाल्न सफल हुनुभएकालाई सम्मान गरेकाे छ।

सिद्धार्थ सेकेन्डरी स्कुल गाेबरहियाकाे अायाेजनामा स्कुलका संस्थापक सुखाडि प्रसाद चाैधरीकाे अध्यक्षता तथा नेपाल शिक्षक संघ प्रदेश नं.५ का सल्लाहकार माेहन प्रसाद शर्माकाे प्रमुख अातिथ्यतामा शुभ दिपावली, छठ पर्बकाे पुनित अवसरमा शुभकामना अादान प्रदान एवम् सम्मान कार्यक्रम सम्पन्न गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल शिक्षक संघ प्रदेश नं.५ का सल्लाहकार शर्माले “शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई संसार बदल्न सकिन्छ। शिक्षा भनेको जिवनपर्यन्त चलिरहने प्रक्रिया हो । जसअन्तर्गत ब्यक्तिको बौद्दिक,शारीरिक,सामाजिक,आर्थिक,भौतिक,नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण बिकास गराउनु नै शिक्षा हो भनिनु शिक्षाको बास्तबिक अर्थ हो। नेपाल शिक्षक संघले सबै शिक्षकहरुको हक अधिकारका लागि धेरै कामहरु गरिएको जानकारी दिँदै शिक्षाको क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भए पनि भनेजति कामहरु गर्न नसकिएको भन्दै अधिकार र कर्तव्य सँगसँगै अगाडि लैजान शिक्षकहरुलाई सुझाव दिएका छन् । शैक्षिक वातावरण निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनले बताए ।सिद्धार्थ सेकेन्डरी स्कुल गाेबरहियाले शिक्षकहरुलाई सम्मान गरेर स्रहनिय काम गरेको छ । यस्तो काम गाउँपालिका,नगरपालिका ,जिल्ला र प्रदेशले गर्ने काम एउटा संस्थाले गरेको प्रशंसा गर्दै शिक्षण पेशामा निरन्तर लाग्नुभएका शिक्षक सेवा अायाेगमा नाम निकाल्न सफल हुनुभएकोमा शैक्षिक कार्यकालकाे शुभकामना सहित दिपावली तथा छठ पर्बकाे शुभकामना ब्यक्त गर्नुभएको हाे।

कार्यक्रममा यश. यी. यि परीक्षामा जिल्ला प्रथम,एम बि.बि यसमा फुल छात्रवृत्ति निकाल्न सफल तथा शिक्षक सेवाममा नाम निकाल्न सफल हुनभएका जिल्लका १३ जना शिक्षकलाई कदर पत्र र खादाले सम्मान गरिएको थियो ।

कार्यक्रममा भाेजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीकाे अध्यक्ष उमेश बि.क,बुद्धज्याेति प्रा.बि का प्र.अ बिनाेद पाण्डे ,शिक्षक रबिन्द्र गाैड,दिलिप तिवारी ,इन्द्रबहादुर चाैधरी, नवराज भण्डारी ,मिना केसि र वडा नं.४ का वडा अध्यक्ष छाेटेलाल यादव लगाएतले शिक्षक सेवा अायाेगबाट नाम निकाल्न सफल हुनुभएकोमा शैक्षिक कार्यकालकाे शुभकामना सहित,सिद्धार्थ सेकेन्डरी स्कुल गाेबरहियाले शिक्षकहरुलाई सम्मान गरेर स्रहनिय कामको प्रशंसा गर्दै दिपावली तथा छठ पर्बकाे शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सम्बन्धित् समाचार